यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायर आयोजना नेपालले गर्ने

काठमाडौं— नेपालले आईसीसी यू-१९ क्रिकेट विश्वकपको एशिया क्वालिफायर–२०२५ को आयोजना गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा सो प्रतियोगिता आयोजना हुने भएको हो।
प्रतियोगिताको विजेताले २०२६ मा हुने आईसीसी यू-१९ विश्वकपमा भाग लिन पाउने छ।
यू-१९ एसिया क्वालिफायरमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ र युएईले भाग लिने छन्।
१६ देशले भाग लिने यो प्रतियोगिता जिम्बाबेले आयोजना गर्ने छ।
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१ १०:५५