News Griha :: न्यूजगृह
साउदी सुपर कपको उपाधि अल हिलालले जित्यो, राेनाल्डाेको टिम अल नासर पराजित 

काठमाडौं— अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ।

गएराति सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई ४-१ गोल अन्तरले पराजित गर्दै साउदी सुपर कपको उपाधि जितेको हो।

पहिलो हाफमा १-० ले पछि रहेको अल हिलालले दोस्रो हाफमा शानदार कम ब्याक गर्दै ४ गोल गरेको थियो।

अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिक साभिक र माल्कमले एक एक गोल गरेका थिए। त्यस्तै अल नासरका लागि एक गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए।

योसँगै अल हिलालले अहिलेसम्म पाँच पटक साउदी सुपर लिगको उपाधि जितेको छ। त्यस्तै अल नासरले भने यो उपाधि २ पटक जितेको छ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १०:१०
Weather Update