News Griha :: न्यूजगृह
लुकाकुलाई भित्र्याउँदै नापोली
लुकाकुलाई भित्र्याउँदै नापोली बेल्जियमका फरवार्ड रोमेलु लुकाकु इटालियन क्लब नापोली जाने निश्चित भएको छ। हाल चेल्सीका खेलाडी रहेका लुकाकुले गत सिजनमा इटालियन सिरी ए क्लब एएस रोमाबाट लोनमा खेलेका थिए।
शिखर धवनद्वारा क्रिकेटबाट सन्न्यास घोषणा
शिखर धवनद्वारा क्रिकेटबाट सन्न्यास घोषणा भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जाल वेबसाइट एक्समा भिडिओ सन्देश पोस्ट गर्दै उक्त जानकारी दिएका हुन्।
साफ यू–२० च्याम्पियनसिपः सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी भुटान
साफ यू–२० च्याम्पियनसिपः सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी भुटान साफ यू–२० च्याम्पियनसिप २०२४ को सेमिफाइनल समीकरण पूरा भएको छ।समूह ‘बी’ को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले पराजित गरेसँगै सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने चारै टोलीको टुङ्गो लागेको हो।
साफ यू–२० च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा
साफ यू–२० च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा घरेलु टोली नेपाल समूह विजेताको रुपमा साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलमा नेपाली युवा टोलीले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो। समूह ए को अन्तिम खेलमा तीनै गोल पहिलो हाफमा भयो।
नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ को छानबिन सुरु
नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ को छानबिन सुरु नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ मा क्र्याक भएको विषयमा अध्ययन गर्न गठन भएको उपसमितिले रङ्गशालामा पुगेर छानबिन सुरु गरेको छ। 
साफ यू-२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच खेल हुँदै
साफ यू-२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच खेल हुँदै काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह ए अन्तर्गत नेपाल र बंगलादेशबीच खेल हुँदै छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो ३ बजेदेखि सुरु हुने छ। नेपाल र बंगलादेश समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन्।
जर्मन गोलकिपर म्यानुएल नोयरले लिए सन्यास
जर्मन गोलकिपर म्यानुएल नोयरले लिए सन्यास जर्मन गोलकिपर म्यानुएल नोयरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। जर्मन क्लब बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेलिरहेका नोयरले सामाजिक सञ्जालमार्फत १५ वर्षे अन्तर्राष्ट्रिय फुटबल करिअरलाई विश्राम दिने निर्णय घोषणा गरेका हुन्।
टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा बन्यो सर्वाधिक रनको नयाँ कीर्तिमान
टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा बन्यो सर्वाधिक रनको नयाँ कीर्तिमान सामोआका ब्याट्सम्यान ड्यारियस भिसरले मङ्गलबार टी२० विश्वकप छनोट खेलमा भानुआटुका बलर नलिन निपिकोको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए। यो ओभरमा ३ नो बल पनि परेको थियो। योसँगै टी२० अन्तर्राष्ट्रिय खेलको एक ओभरमा सर्वाधिक रन बनाएर ३९ रनको नयाँ कीर्तिमान कायम भएको छ।
असुरक्षाको कारण देखाउँदै महिला विश्वकप बंगलादेशबाट यूएई सारियो
असुरक्षाको कारण देखाउँदै महिला विश्वकप बंगलादेशबाट यूएई सारियो अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले महिला विश्वकप आयोजनाको स्थल परिवर्तन गरेको छ। यसअघि बंगलादेशमा प्रतियोगिताको आयोजना निश्चित गरिएको भए पनि असुरक्षाको कारण देखाउँदै यूएईमा सारिएको हो। बंगलादेशमा शेख हसिना सत्ताच्यूत भएपछि सुरक्षाको कारण देखाउँदै यूएईमा सारिएको हो। 
मेसी राष्ट्रिय टोलीमा अटाएनन्
मेसी राष्ट्रिय टोलीमा अटाएनन् अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले फिफा विश्वकप छनोट अन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेल गुमाउने भएका छन्। उनले चोटका कारण छनोट खेलहरू गुमाउने भएका हुन्।
एक महिनामै उप्कियो रङ्गशालाको ‘सेन्थेटिक ट्रयाक’
एक महिनामै उप्कियो रङ्गशालाको ‘सेन्थेटिक ट्रयाक’ राखेपले ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या साइनकोट्स जेभी’ ललितपुरलाई ठेक्का दिएको थियो। निरन्तरको वर्षासँगै ‘सेन्थेटिक ट्रयाक’ उप्किएपछि स्थानीयले उक्त ‘सेन्थेटिक ट्रयाक’को गुणस्तरमाथि प्रश्न उठाएका छन्। 
इङ्ग्लिस प्रिमियर लिगमा सिटीको सुखद् सुरुवात
इङ्ग्लिस प्रिमियर लिगमा सिटीको सुखद् सुरुवात इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा साविक विजेता म्यानचेस्टर सिटीले सुखद् सुरुवात गरेको छ। पहिलो खेलमा उसले चेल्सीलाई हरायो।
Weather Update