
काठमाडौं— जर्मन गोलकिपर म्यानुएल नोयरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।
जर्मन क्लब बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेलिरहेका नोयरले सामाजिक सञ्जालमार्फत १५ वर्षे अन्तर्राष्ट्रिय फुटबल करिअरलाई विश्राम दिने निर्णय घोषणा गरेका हुन्।
३८ वर्षीय नोयरले जर्मनीका लागि १२४ खेल खेलेका छन्। सन् २००९ मा अमेरिकाविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय डेब्यु गरेका नोयरले गत महिना स्पेनविरुद्ध अन्तिम खेल खेले।
उनले समान चार फिफा विश्वकप र यूईएफए युरोपियन च्याम्पियनसिपमा जर्मनीको प्रतिनिधित्व गरे।
नोयरले सन् २०१०, २०१४, २०१८ र २०२२ को विश्वकप तथा सन् २०१२, २०१६, २०२० र २०२४ को युरोपियन च्याम्पियनसिप खेलेका छन्।
नोयरको कप्तानीमा जर्मनीले सन् २०१४ को फिफा विश्वकप उपाधि जितेको थियो। नोयर बायर्नबीचको सम्झौता भने सन् २०२५ सम्म छ।
मङ्गलबारमात्र जर्मन मिडफिल्डर तथा कप्तान इल्के गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए।