News Griha :: न्यूजगृह
शिखर धवनद्वारा क्रिकेटबाट सन्न्यास घोषणा
तस्बिरः ईएसपीएनक्रिकइन्फो।

काठमाडौं— भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जाल एक्समा भिडिओ सन्देश पोस्ट गर्दै उक्त जानकारी दिएका हुन्।

शिखर धवनले ३४ टेस्ट र १६७ ओडीआई खेलेका छन्। उनले एकदिवसीय खेलमा ६७९३ रन बनाएका छन् भने टेस्टमा ५८ इनिङ्समा २३१५ रन बनाएका छन्।

शिखर धवनले भनेका छन्, ‘आज म यस्तो बिन्दुमा उभिएको छु जहाँबाट फर्केर हेर्दा सम्झना मात्रै देख्छु र अगाडि हेर्दा सारा संसार देख्न सक्छु। मसँग सधैँ भारतका लागि खेल्ने एउटै गन्तव्य थियो र त्यो भयो पनि, जसका लागि म धेरै मानिसलाई धन्यवाद दिन्छु।’

शिखर धवनले आफ्नो परिवार, बाल्यकालका प्रशिक्षक, भारतीय टोली, बीसीसीआई, डीडीसीए र फ्यानहरूलाई धन्यवाद दिएका छन्।

उनले भनेका छन्, ‘मेरो क्रिकेट यात्रालाई अलबिदा गर्दै यस कुराले मेरो मनमा शान्ति छ कि मैले भारतबाट खेलेको छु।’

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०९:४५
Weather Update