News Griha :: न्यूजगृह
साफ यू-२० च्याम्पियनसिप आजदेखि, उद्‌घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै

काठमाडौं— आजदेखि साफ यू-२० च्याम्पियनसिप सुरु हुँदै छ। आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले  साफ यू-२० च्याम्पियनसीपको समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने बताएको छ।

यसअघि दशरथ रङ्गशाला र च्यासलस्थित स्टेडियममा हुने भनिएपनि अब समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो। आज प्रतियोगिताको उद्‌घाटन खेलमा श्रीलंका र नेपाल खेल्ने तालिका रहेको छ । यो खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ।

एन्फाले यसअघि प्रतियोगिताका लागि दशरथ रङ्गशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स गरी तीन स्थान तय गरेको थियो। तर, च्यासल मैदानमा बाढी पसेपछि खेल सञ्चालन गर्न नसकिने अवस्था आएको छ भने दशरथ रङ्गशाला पनि वर्षाले हिलाम्मे रहेको छ।

साफले दशरथ रङ्गशाला र एन्फा कम्प्लेक्सको मैदानलाई आयोजना स्थलको स्वीकृति दिएर खेल तालिका समेत जारी गरेपनि गत मङ्गलबार भुटानको पारो एफसी र नेपालको चर्च ब्वाइज बीचको खेल सञ्चालन हुँदा मैदान पूर्ण रुपमा खराब भएपछि एन्फाले समूह चरणका खेलहरू एन्फा क्मप्लेक्समा र सेमिफाइनल र फाइनल खेल दशरथ रङ्गशालामा हुने भएको छ।

साफ यू-२० मा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देशले भाग लिँदै छन्। जसमा समुह ए मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन्। 
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०८:०८
Weather Update