News Griha :: न्यूजगृह
फुटबल खेलाडीको तलब मासिक १२ हजारका दरले बढाउने एन्फाको निर्णय

काठमाडौं—  अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली राष्ट्रिय खेलाडीको तलब बढाउने निर्णय गरेको छ।

मंगलबार बसेको एन्फा कार्यसमिति बैठकले राष्ट्रिय टोलीका खेलाडीको तलब १८ हजार रुपैयाँबाट १२ हजार बढाएर मासिक ३० हजार बनाउने निर्णय गरेको हो।

यसपटक तलब वृद्धि गर्दा भने खेलाडीको वर्गीकरण गरेर त्यस अनुसार तलब प्रदान गरिनेगरी निर्णय भएको कार्यसमितिका एक सदस्यले जानकारी दिए। 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  २१:३०
Weather Update