दारी ग्याङ फुटसल हुने

काठमाडौं— ‘परोपकारका लागि फुटसल’ नाराका साथ भदौ १४ र १५ गते काठमाडौंमा दारी ग्याङ फुटसल प्रतियोगिता हुने भएको छ।
दारी ग्याङको समूहको आयोजनामा हुन हुने प्रतियोगितामा २४ देखि ३२ टोलीको सहभागिता रहने आयोजक समूहका सदस्य नीरजकुमार भट्टले मंगलबार पत्रकार सम्मेलनमा बताए।
पछिल्लो २ वर्षमा ए डिभिजन लिग खेलेका खेलाडीले यो प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन। विजेताले ५० हजार र दोस्रो टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीले गोल्डेन बल, उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स र उच्च गोलकर्ताले गोल्डेन बुटसहित समान ५ हजार रुपैयाँ पाउने जनाइएको छ।
०७२ सालमा स्थापित दारी ग्याङमा दारी पाल्न रुचाउने समूह हो। समूहले यस प्रतियोगिताबाट हुने आम्दानीबाट सर्वे भवन्तु सुखिनम् भन्ने संस्थालाई सहयोग गर्ने जनाएको छ।
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ ०८:००