News Griha :: न्यूजगृह
पारस खड्का लिजेन्ड लिग क्रिकेट खेल्दै, गुजरातमा अनुबन्ध

काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान ) का सचिव पारस खड्का लिजेन्ड क्रिकेट लिग खेल्ने भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका पारस लिजेन्ड लिग क्रिकेटमा गुजरात टिमबाट खेल्ने भएका हुन् । उनलाई आँउदो सिजनका लागि गुजरातले २० लाख नेपाली रुपियाँमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

लिजेन्ड लिग किक्रेटको तेस्रो सिजन आगामी सेप्टेम्बर २० देखि शुरु हुँदै छ । लिजेन्ड लिग क्रिकेटमा सन्यास लिएका क्रिकेटर खेल्ने गर्दछन् ।

लिजेन्ड लिगमा ६ टिम बीच कुल २५ खेल खेलिने बताइएको छ । तेस्रो सिजनका खेलहरू भारतको जोधपुर, सुरत र जम्मुमा हुने छन् । यस सिजनको फाइनल खेल अक्टोबर १६ मा हुने छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:३७
Weather Update