News Griha :: न्यूजगृह
अस्ट्रेलियामाथि इङ्ग्ल्याण्ड ३ विकेटले विजयी, सिरिज १–१ को बराबरीमा
अस्ट्रेलियामाथि इङ्ग्ल्याण्ड ३ विकेटले विजयी, सिरिज १–१ को बराबरीमा टी२० सिरिजको दोस्रो खेलमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको हो।
एनपीएलका ८ मार्की खेलाडीको घोषणा
एनपीएलका ८ मार्की खेलाडीको घोषणा शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घोषणा गरेको हो।
प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई पुरस्कार प्रदान
प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेशालाई पुरस्कार प्रदान मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो। यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ।
पलेशालाई सरकारले दिने ६५ लाख नगद पुरस्कार आज प्रदान गरिदै
पलेशालाई सरकारले दिने ६५ लाख नगद पुरस्कार आज प्रदान गरिदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आज पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ पुरस्कार रकम हस्तान्तरण गर्दै छन्।प्रधानमन्त्री ओलीले आज एक कार्यक्रममा बीच उक्त पुरस्कार हस्तान्तरण गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ। 
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ। प्रतियोगिता तोकिएको समयमा हुन सक्ने वा नसक्ने भन्ने विषय आफैँमा पेचिलो बन्दै गएको छ। यसले पूर्वाधार निर्माण र व्यवस्थापन गर्नतर्फ दबाब बढेको छ।
इङ्ल्यान्डविरुद्धको टी२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी
इङ्ल्यान्डविरुद्धको टी२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई २८ रनले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको १७९ रनको लक्ष्य पछाएको इङ्ल्यान्ड १९.२ ओभरमा अल आउट हुँदै १५१ रन मात्र बनाएको थियो।
विश्वकप छनोटमा कोलम्बियाले अर्जेन्टिनालाई हरायो
विश्वकप छनोटमा कोलम्बियाले अर्जेन्टिनालाई हरायो फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २–१ ले पराजित गरेको छ।कोलम्बियाको लागि कप्तान जेम्स रोड्रिग्वेज एक गोल र एक असिस्ट तथा यरसन मोस्केराले एक गोल गरे। खेलको २५औं मिनेटमा मोस्केराले रोड्रिग्वेजको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए।
गङ्गालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु
गङ्गालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरूको स्वास्थ्य परीक्षण शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ। अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो।
ओमान र क्यानडाविरुद्व खेल्ने नेपाली क्रिकेट टोली घोषणा
ओमान र क्यानडाविरुद्व खेल्ने नेपाली क्रिकेट टोली घोषणा छनोट अन्य खेलाडीमा आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललितसिंह राजवंशी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन्। देव खनाल टोलीमा ट्राभलिङ रिजर्भ खेलाडीको रूपमा रहनेछन्।
आईसीसी टी२० क्रिकेटमा मङ्गोलियाको कीर्तिमान, १० रनमै अलआउट
आईसीसी टी२० क्रिकेटमा मङ्गोलियाको कीर्तिमान, १० रनमै अलआउट मङ्गोलिया आईसीसी टी२० विश्वकप को एसिया क्वालिफायर अन्तर्गतको खेलमा केवल १० रनमा अल आउट भएको छ। बिहीबार सम्पन्न सिङ्गापुरविरुद्धको खेलमा मङ्गोलियाले १० ओभरमा १० रन मात्र बनाएर अल आउट भएको थियो।
बालोन डी’ओर अवार्डको ३० जनाको सूचीमा मेसी र रोनाल्डो परेनन्
बालोन डी’ओर अवार्डको ३० जनाको सूचीमा मेसी र रोनाल्डो परेनन् मनोनयनमा अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेसी परेका छैनन्। आठ पटकको बालोन डी’ओर विजेता मेसीले २०२३ मा पुरस्कार पाएका थिए। 
काठमाडौं महानगरपालिकाद्वारा पलेशालाई पाँच लाखसहित सम्मान
काठमाडौं महानगरपालिकाद्वारा पलेशालाई पाँच लाखसहित सम्मान काठमाडौं महानगरपालिकाले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पाँच लाख नगदसहित सम्मान गरेको छ।
Weather Update