News Griha :: न्यूजगृह
आत्मघाती गोलले हारबाट जोगियो अल नासर

काठमाडौं— साउदी प्रो लिग अन्तर्गत अल नासर बराबरीमा रोकिएको छ। गएराति सम्पन्न खेलमा अल नासर अल अहलीसँग १-१ गोलले बराबरीमा रोकिएको हो।

अल नासर अल अहलीका बासम मोहमद अल्हुरायजीको आत्मघाती गोलले हारबाट जोगिएको हो। उनले ९० मिनेटपछिको इन्जुरी समयमा आत्मघाती गोल गरेपछि अल नासर हारबाट जोगिएको थियो।

त्यस्तै अल अहलीका लागि खेलको ५४औ मिनेटमा फ्र्यांक किस्सेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

यो अल नासरको यस सिजनमा दोस्रो बराबरी हो। यो खेलपछि ३ खेलमा ५ अंक भएको छ। त्यस्तै अल अहलीको ३ खेलमा ४ अंक रहेको छ।
      

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०८:५९
Weather Update