
काठमाडौं— टी२० सिरिजको दोस्रो खेलमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको हो।
अस्ट्रेलियाले दिएको १९४ रनको लक्ष्य पछाएको इङ्ग्ल्याण्डले १९ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।
इङ्ग्ल्याण्डको जितमा लियम लिभिङस्टोनले सर्वाधिक ८७ रन बनाएका थिए भने जाकोब बेथेलले ४४ तथा फिल साल्टले ३९ रन बनाएका थिए। त्यस्तै अस्ट्रेलियाका बलर म्याथ्यु शर्टले सर्वाधिक ५ विकेट लिए भने सिन एबोटले २ विकेट लिएका थिए।
यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। अस्ट्रेलियाका लागि जेक फ्रासर म्याकग्रुकले सर्वाधिक ५० रन बनाए भने जोस इंगलिसले ४२, ट्राभिस हेडले ३१ तथा म्याथ्यु शर्टले २८ रन बनाएका थिए।
त्यसैगरी इङ्ग्ल्याण्डण्डका बलर लियम लिभिङस्टोन र ब्राइडन कार्सले २–२ विकेट लिएका थिए। यो जितपछि ३ खेलको सिरिज १–१ को बराबरीमा आएको छ र अब सिरिजको तेस्रो खेल आइतबार हुनेछ।