News Griha :: न्यूजगृह
एनपीएलका ८ मार्की खेलाडीको घोषणा

काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) का ८ मार्की खेलाडीको घोषणा गरिएको छ।

शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल मल्ललाई एनपीएलको मार्की खेलाडी घोषणा गरेको हो।

यसअघि क्यानले एनपीएल खेल्ने ८ फ्रेन्चाईजीको घोषणा गरेको थियो। जसमा पोखरा, काठमाडौं, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णाली गरी ८ फ्रेन्चाइजीले एनपीएलमा भाग लिने भएका छन्।

एनपीएल आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म‌ हुने क्यानले यस अघि नै जानकारी दिइसकेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १३:५३
Weather Update