News Griha :: न्यूजगृह
आईसीसी टी२० क्रिकेटमा मङ्गोलियाको कीर्तिमान, १० रनमै अलआउट

काठमाडौं— मङ्गोलिया आईसीसी टी२० विश्वकप को एसिया क्वालिफायर अन्तर्गतको खेलमा केवल १० रनमा अल आउट भएको छ।

बिहीबार सम्पन्न सिङ्गापुरविरुद्धको खेलमा मङ्गोलियाले १० ओभरमा १० रन मात्र बनाएर अल आउट भएको थियो।

मङ्गोलियाका लागि पाँच ब्याट्सम्यान डक आउट भएका थिए भने २ जनाले २–२ रन बनाएका थिए। अतिरिक्त २ रन पाएको मङ्गोलियाका लागि चार ब्याट्सम्यानले एक–एक रन बनाएका थिए।

मङ्गोलियाको ब्याटिङ लाइन ध्वस्त गर्नेक्रममा सिङ्गापुरका बलर हर्ष भारध्वजले ६ विकेट लिएका थिए। त्यस्तै ११ रनको लक्ष्य पाएको सिङ्गापुरले ५ बलमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

टी२० अन्तराष्ट्रिय क्रिकेटमा मङ्गोलिया सबैभन्दा कम रन बनाउने दोस्रो टिम बनेको छ। यसअघि आइल अफ म्यानले पनि स्पेनविरुद्ध १० रन नै बनाएको थियो।

मङ्गोलियाले यसअघि जापानविरुद्ध १२ र हङकङविरुद्ध १७ रन बनाएको थियो।         

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १३:१५
Weather Update