News Griha :: न्यूजगृह
नेपालविरुद्ध बंगलादेशले तेस्रो गोल गरेपछि समर्थक आक्रोशित, फाले मैदानमा पानीको बोतल 

काठमाडौं — साफ यू–२० च्याम्पियनसिपको फाइनलमा घरेलु दर्शकले मैदानमा पानीको बोतल फालेका छन्।

बंगलादेशले ७१ औं मिनेटमा तेस्रो गोल गरेको थियो।

लगतै डिबक्स एरियामा नेपाली खेलाडी फउल गर्न पुगे। बंगलादेशका कप्तानले घरेलु समर्थकलाई हुटिङका लागि अपील गरेपछि केही दर्शकले पानीको बोतल मैदानमा फालेका हुन्।

त्यसले केहीबेर खेल रोकियो। नेपाली खेलाडीहरुले त्यसो नगर्न आग्रह गरेपछि खेल फेरि सञ्चालनमा आएको थियो।

नेपालले बंगलादेशविरुद्ध एक गोल फर्काएको छ । तर खेलमा सकिन केही मिनेट मात्र बाँकी छ र बंगलादेश दुई गोलले अगाडि छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:१९
Weather Update