यी हुन् एनपीएल खेल्ने ८ टोली

काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १५ मा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ।
क्यानले विज्ञप्ति जारी गरी एनपीएलमा सहभागी हुने ८ टोलीको नाम सार्वजनिक गरेको हो।
देशका ८ स्थानलाई प्रतिनिधित्व गर्दै टोलीको नाम राखिएको छ। काठमाडौंमा हुने एनपीएलमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम टोली सहभागी हुने क्यानले जनाएको छ।
एनपीएल मंसिर १५ देखि पुस ६ सम्म हुनेछ। क्यानले यसअघि भारतीय कम्पनीलाई जिम्मा दिँदै नेपाल टी२० लिग आयोजना गरेको थियो।
स्पट फिक्सिङलगायतका आलोचना र विवादमा परेपछि क्यानले पहिलोपटक आफैँले फ्रेन्चाइज लिग आयोजना गर्न लागेको हो।
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१ १०:०५