News Griha :: न्यूजगृह
यूएस ओपनमा जोकोभिच स्तब्ध, तेस्रो चरणमै बाहिरिए

काठमाडौं— पेरिस ओलम्पिकमा टेनिस स्वर्ण पदक जितेका नोभाक जोकोभिच यूएस ओपनबाट बाहिरिएका छन्।

नोभाक अष्ट्रेलियाका खेलाडी एलेक्सेई पोपिरिनसँग ४-६, ४-६, ६-२ र ४-६ को सेटमा पराजित भएसँगै यूएस ओपनको तेस्रो चरणबाटै बाहिरिएका हुन्।

यस वर्ष भएको बिम्बल्डन ओपनको तेस्रो राउन्डमा जोकोभिच र पोपिरिनबीचको खेल भएको थियो। जसमा पोपिरिनले जोकोभिचसँग हार बेहोरेका थिए। तर यूएस ओपनमा पोपिरिनले जोकोभिचलाई पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएर सो हारको बदला लिएका छन्।

एटीपी वरियतामा दोस्रो स्थानमा रहेका जोकोभिचलाई २८औं स्थानमा रहेका पोपिरिनले पराजित गरेका छन्। 

यस वर्ष, रोलान्ड ग्रोस र बिम्बल्डन ओपन विजेता कार्लोस अल्काराजले पनि यूएस ओपनको दोस्रो चरणमा बोटिक भान डे जान्डस्चाल्पसँग हार बेहोरेका थिए। नोभाक यति छिट्टै यूएस ओपनबाट बाहिरिएको सन् २०१७ यता पहिलो पटक हो।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १३:११
Weather Update