हङकङले सिङ्गापुरलाई ८ विकेटले हरायो मंगलबार, वैशाख ५, २०८०

कुशल र भीमको उत्कृष्ट ब्याटिङ प्रेरित नेपालको मलेसियामाथि ६ विकेटको जित मंगलबार, वैशाख ५, २०८० नेपाललका लागि भीम सार्कीले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ९८ बलको सामना गरेका थिए । यस्तै, ४० बल खेल्दै कुशल मल्लले ४० बलमै ७० रन बनाए । उनी नट आउट रहे ।

नेपालले मलेसियाबाट पायो २३६ रनको लक्ष्य मंगलबार, वैशाख ५, २०८० नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन, ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिए ।

एसीसी प्रिमियर कप : टस हारेर नेपाल बलिङमा मंगलबार, वैशाख ५, २०८० एसीसी प्रिमियर कपअन्तर्गत पहिलो खेलमा टस हारेर नेपालले बलिङ गरिरहेको छ ।

शहीद स्मारक ए डिभिजन लिग : मंगलबार दुई खेल हुँदै मंगलबार, वैशाख ५, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजबाट दशौं चरणको खेल सुरु हुँदैछ । आज दुई खेल हुनेछन् ।

आफ्नै मैदानमा लिड्स युनाइटेड लिभरपुलसँग फराकिलो अन्तरले पराजित मंगलबार, वैशाख ५, २०८० लिभरपुलले लिड्स युनाइटेडलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

एसीसी प्रिमियर कप : नेपाल र मलेसिया खेल्दै मंगलबार, वैशाख ५, २०८० एसीसी पुरुष प्रिमियर कप आज मंगलबारदेखि नेपालमा सुरु हुँदैछ । नेपालले मलेसियासँग खेल्दै छ ।

आईपीएलमा चेन्नईको रोमाञ्चक जित मंगलबार, वैशाख ५, २०८० आईपीएलको रोमाञ्चक प्रतिस्पर्धामा चेन्नई सुपर किङ्सले जित हासिल गरेको छ ।
शहीद स्मारक ए डिभिजन : थ्रीस्टार र चर्च ब्वाइजले अंक बाँडे सोमबार, वैशाख ४, २०८० राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब र चर्च ब्वाइज युनाईटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।

‘केही प्रक्रिया मिलाएर गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण हुन्छ’ सोमबार, वैशाख ४, २०८० भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छिट्टै बन्ने बताएकी छिन् ।

ए डिभिजन लिगमा आज दुई खेल हुँदै सोमबार, वैशाख ४, २०८० नवौँ चरणको अन्तिम दुई खेलमध्ये एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा दिउँसो ३ बजेबाट हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
म्यानचेस्टर युनाइटेडसँग नटिङहम फरेस्ट पराजित सोमबार, वैशाख ४, २०८० इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग नटिङहम फरेस्ट पराजित भएको छ ।

एसीसी पुरुष प्रिमियर कप खेल्ने १४ सदस्यीय टोलीको घोषणा आइतबार, वैशाख ३, २०८० नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेट खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।