एसीसी प्रिमियर कप : नेपाल र मलेसिया खेल्दै

काठमाडौं— एसीसी पुरुष प्रिमियर कप आज मंगलबारदेखि नेपालमा सुरु हुँदैछ । नेपालले मलेसियासँग खेल्दै छ ।
एसीसी पुरुष प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्न लागेको हो । खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । प्रतियोगितामा समूह ए मा नेपालसँगै, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।
समूह बीमा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले भारत र पाकिस्तानसमेत रहेको एसिया कप खेल्ने छ ।
समूह बीको पहिलो खेल पनि आजै हुँदैछ । हङकङ र सिङ्गापुर बीचको अर्को खेल बिहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० ०६:४२