News Griha :: न्यूजगृह
नेपालले मलेसियाबाट पायो २३६ रनको लक्ष्य

काठमाडौं— एसीसी मेन्स प्रिमियर कप २०२३ मा नेपालले मलेसियाविरुद्ध २३६ रनको लक्ष्य पाएको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर बलिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट लिएर मलेसियालाई २३५ रन दिएको हो । 

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन, ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिए ।

मलेसियाका क्याप्टेन अहमद फैजले सर्वाधिक ७६ रन बनाए । उनले ९५ बलको सामना गरेका थिए । यस्तै, ९४ बल खेलेका विरणदीप सिंहले ४६, खिजार हायातले २२, स्याजरुल इद्रुसले २१, मुहम्मद अमिरले १७ रन जोडे । सयद अजिज १३ तथा विजय उन्नी १२ रनमा आउट भए । 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १३:०३
Weather Update