News Griha :: न्यूजगृह
शहीद स्मारक ए डिभिजन लिग : मंगलबार दुई खेल हुँदै 

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजबाट दशौं चरणको खेल सुरु हुँदैछ । आज दुई खेल हुनेछन् ।

पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो तीन बजे खेल सुरु हुनेछ ।

खुमलटार ९ खेलबाट १० अंक जोडेर लिगको १० औँ स्थानमा छ भने एनआरटी ७ अंकका साथ लिगको पुछारबाट दोस्रोमा छ ।

अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धामा उत्रने छन् । यी दुई क्लबबीचको खेल साँझ ६ बजे दशरथ रंगशालामा नै हुनेछ ।

मनाङ ९ खेलबाट १५ अंक जोडेर लिगको तेस्रो स्थानमा छ भने आर्मी समान खेलबाट १२ अंकका साथ लिगको आठौँ  स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०९:३७
Weather Update