आईपीएलमा चेन्नईको रोमाञ्चक जित

भारत— आईपीएलको रोमाञ्चक प्रतिस्पर्धामा चेन्नई सुपर किङ्सले जित हासिल गरेको छ ।
सोमबार राति बेंग्लोरको एम.चिन्नास्वामी स्टेडियममा भएको प्रतिस्पर्धामा चेन्नईले बेंग्लोरलाई जितका लागि २२७ रनको लक्ष्य दिएको थियो ।
ग्लेन म्याक्सवेल तथा फाफ डु प्लेसिसको विष्फोटक इनिङका बावजूद बेंग्लोरले लक्ष्यसम्म पुग्न सकेन । यो खेलमा ग्लेन म्याक्सवेलले ७६ तथा डु प्लेसिसले ६२ रनको इनिङ खेले ।
जितसँगै चेन्नई सुपर किङ्स अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईले पाँचमध्ये तीन खेल जितेको छ भने दुई खेलमा पराजित भएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० ०६:२३