News Griha :: न्यूजगृह
शहीद स्मारक ए डिभिजन : थ्रीस्टार र चर्च ब्वाइजले अंक बाँडे

काठमाडौं— राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब र चर्च ब्वाइज युनाईटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सोमबार ललितपुरको च्यासल मैदानमा गोलरहीत बराबरी खेल्दै थ्रीस्टार र चर्च ब्वाइजले अंक बाडेका हुन् । थ्रीस्टारले ९ खेलमा १५ अंक जोडेको छ । चर्च ब्वाइजले १५ अंक जोडेको छ ।

त्यस्तै सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई ६–० गोल अन्तरले पराजित गरेको छ ।

फ्रेन्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे । अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले एक/एक गोल गरे । जितगसँगै फ्रेन्ड्सले ८ अंक जोडेको छ । हिमालयनको ९ अंक रहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १८:४८
Weather Update