News Griha :: न्यूजगृह
एसीसी प्रिमियर कप : टस हारेर नेपाल बलिङमा 

काठमाडौं— एसीसी प्रिमियर कपअन्तर्गत पहिलो खेलमा टस हारेर नेपालले बलिङ गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरेको हो ।

मलेसियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल, करण केसी र प्रतिश जीसीलाई बेन्चमा राखिएको छ ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेष, कुशल मल्ल, रोहित पौडेल, दिपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आरिफ शेष, भिम सार्की, ललित राजवंशी र गुल्शन झा छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०९:४२
Weather Update