शहीद स्मारक
ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार दुई खेल हुँदैछन् ।
नवौँ चरणको अन्तिम दुई खेलमध्ये एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा दिउँसो ३ बजेबाट हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्सक्लबबीच प्रतिष्पर्धा हुनेछ ।
त्यस्तै च्यासल मैदानमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० १०:२०