News Griha :: न्यूजगृह
आफ्नै मैदानमा लिड्स युनाइटेड लिभरपुलसँग फराकिलो अन्तरले पराजित

काठमाडौं— लिभरपुलले लिड्स युनाइटेडलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

प्रिमियर लिगकाे सोमबार राति भएको एक मात्र खेलमा लिभरपुलले लिड्सलाई उसको घरेलु मैदानमा फराकिलो अन्तरले पराजित गरेको हो । पछिल्लो पाँच खेलमा लिभरपुलको यो पहिलो जित हो ।

सो खेलको पहिलो हाफ नै लिभरपुलले २–० को अग्रता लिएको थियो । जसका लागि ३५औं मनेटमा गाक्पो र ३९औं मिनेटमा सालाहले गोल गरेर योगदान गरेका थिए ।

दोस्रो हाफको सुरुमै लिड्सका सिनिस्टेराले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याई दिए तर लिभरपुलका सामु लिडसको केही चलेन ।

दोस्रो हाफमा लिभरपुलले ४ गोल लिड्सको गोल पोष्टमा लगातार हानिरहयो । दोस्रो हाफको ५२ औं मिनेटमा लिभरपुलका जोटाले थप गोल गर्दै ३–१ को अग्रता बनाए ।

सालाहले ६४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ४–१ को स्थितिमा ल्याए । ७३औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गरे भने खेल सकिनु अन्तिम समयमा अर्थात् ९०औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई ६–१ को फराकिलो अन्तरको जित दिलाए ।

जितसँगै लिभरपुलको ३० खेलबाट ४७ अंक बटुलेको छ भने लिड्स ३१ खेलबाट २९ अंकसहित १६औं स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०७:१२
Weather Update