News Griha :: न्यूजगृह
आज देशका ३२ स्थानमा अत्यधिक वर्षा र बाढीपहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
आज देशका ३२ स्थानमा अत्यधिक वर्षा र बाढीपहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह बुधबार दिउँसो देशका विभिन्न ३२ स्थानहरुमा अत्यधिक वर्षा र बाढीपहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।  राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो।  आज बिहान ११ बजेदेखि ती स्थानहरुमा वर्षा भइरहेको र सतर्कता अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ। 
मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरमा ताला लगाउने गृहमन्त्रीको चेतावनी
मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरमा ताला लगाउने गृहमन्त्रीको चेतावनी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मापदण्ड पूरा नगरी खोलिएका रिहाव सेन्टरहरुमा मन्त्रालयले ताला लगाउने चेतावनी दिएका छन्। बुधबार काठमाडौंमा आसरा सुधार केन्द्रले ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको २०२४’ को अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपचार गर्ने नाममा महंगा होटेल चलाएको जस्तो गरेर मापदण्ड पूरा नगरी खोलिएका...
विराटनगर विमानस्थलमा बाढी पस्यो, उडान प्रभावित 
विराटनगर विमानस्थलमा बाढी पस्यो, उडान प्रभावित  अविरल वर्षापछि खोलामा आएको बाढी पार्किङ क्षेत्रमा पस्दा विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ। बुधबार बिहान विमानस्थलको पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको हो।पानी सुकेपछि मात्रै उडानको काम सुरु हुने बताइएको छ। 
लमजुङमा पहिरोमा परि चार जनाको मृत्यु
लमजुङमा पहिरोमा परि चार जनाको मृत्यु लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चार जनाको शव फेला परेको छ । गएराति पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका थिए।वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता ६९ वर्षीय रुद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनका दुई छोरीहरू ७ वर्षीया इच्छा गुरुङ र ५...
अविरल वर्षाले विराटनगर जलमग्न
अविरल वर्षाले विराटनगर जलमग्न अविरल परेको पानीले निकास नपाउँदा विराटनगर बुधबार जलमग्न भएको छ। गएरातिदेखि परेको वर्षाले महानगरका १९ वटै वडावासी डुबानबाट प्रभावित भएका छन्। डुबानका कारण महानगरका अधिकांश विद्यालय बुधबार बन्द छन्।  
पोखरामा सडक भासिँदा आवागमनमा समस्या
पोखरामा सडक भासिँदा आवागमनमा समस्या पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग बुधबार बिहान भासिएको हो।
कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु
कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु बुधबार बिहान चट्याङ पर्दा खेतमा काम गरिरहेका  डगौरा र चौधरीको चट्याङ लागेर मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए। डगौरालाई बुधबार बिहान साढे ७ बजे खेतमा आली लगाइरहँदा चट्याङ लागेको थियो। आफन्तले स्थानीय महापार्वती क्लिनिकमा पुर्‍याउँदा उनको मृत्यु भएको बोहराले बताए।
लमजुङको दोर्दीमा पहिरोले घर भत्किँदा एक जनाको मृत्यु, एक घाइते
लमजुङको दोर्दीमा पहिरोले घर भत्किँदा एक जनाको मृत्यु, एक घाइते लमजुङको दोर्दी गाउँपालिका–९ मा मंगलबार राति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ।अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ।
लमजुङ पहिरो अपडेटः बेपत्ता वृद्धको शव भेटियो, तीनजना अझै बेपत्ता 
लमजुङ पहिरो अपडेटः बेपत्ता वृद्धको शव भेटियो, तीनजना अझै बेपत्ता  वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रुद्रमान गुरुङको शव फेला परेको हो। पच्युटोलमा गएराति पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना घाइते  भएका थिए। बेपत्ता भएकाहरूको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन्।
भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध
भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ।बुधबार बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ।
ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते
ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा बुधबार बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।
लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता
लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता पहिरोमा परी एकजना घाइते छन्। लगातारको वर्षासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो। पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए। 
Weather Update