News Griha :: न्यूजगृह
लमजुङको दोर्दीमा पहिरोले घर भत्किँदा एक जनाको मृत्यु, एक घाइते

लमजुङ— लमजुङको दोर्दी गाउँपालिका–९ मा मंगलबार राति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ।

अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चपाईंका अनुसार १८ वर्षीय मिलन सुनार घाइते छन्। 

मृतक विकल र घाइते मिलन दाजुभाइ हुन्। दुवैजनालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकोमा विकलको उपचारकै क्रममा मृत्यु भएको हो। मिलनको सोही अस्पतालमा उपचार भइरहेको छ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १०:४४
Weather Update