यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोधबिहीबार, असार १३, २०८१

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु बिहीबार, असार १३, २०८१ तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ। सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रञ्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो।

देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु, दुई बेपत्ता बुधबार, असार १२, २०८१ पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा हालसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ भने दुई जना बेपत्ता छन्।

भर्नाको समयमा सीटीईभीटी अन्तर्गतका स्वास्थ्यसँग सम्बन्धित ३ कार्यक्रमको शुल्क वृद्धि बुधबार, असार १२, २०८१ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धनमा सञ्चालित विभिन्न कार्यक्रमको शुल्क वृद्धि भएको छ। कक्षा ११ को भर्नाको समय परेर सीटीईभीटीको प्राविधिक शिक्षालय सञ्चालकहरुले ‘डिप्लो तह’अन्तर्गत स्वास्थ्यसँग सम्बन्धित तीनवटा कार्यक्रमको शुल्क वृद्धि गरेको घोषणा गरेका छन्।

साउन १ गतेदेखि सिंहदरबार प्रवेशमा ‘ई–गेटपास’ बुधबार, असार १२, २०८१ देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘ई–गेटपास’ प्रणाली प्रयोगमा ल्याइने भएको छ।यही असार ६ गते बसेको सचिवस्तरीय बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज गरेर साउन १ गतेदेखि ‘ई–गेटपास’ प्रणाली प्रयोगमा ल्याउने तथा गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद...

डुबानका कारण विराटनगर विमानस्थलका ७ उडान रद्ध बुधबार, असार १२, २०८१ गएरातिदेखिको अविरल वर्षाका कारण विराटनगर विमानस्थलका ७ वटा उडानहरु रद्ध भएका छन्। विमानस्थलको रनवे र पार्किङमा समेत पानी पसेपछि उडानहरु रद्ध भएका हुन्।

अत्यधिक वर्षापछि नदीको सतह बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह बुधबार, असार १२, २०८१ बुधबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएसँगै केही नदीहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौमस विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल नारायणी नदीमा पानीको बहाब बढेसँगै सतर्कता अपनाउन निर्देशन गरिएको छ।

स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु बुधबार, असार १२, २०८१ स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान साढे ११ बजेको समयमा पुतलीबजार नगरपालिका–११ पुतलीखेतका ३५ वर्षीय सूर्य भण्डारीलाई खोलाले बगाएको हो।

जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा बुधबार, असार १२, २०८१ मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताए।

एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने बुधबार, असार १२, २०८१ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार (भोलि) सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सबै तयारी पूरा गरी आजै नतिजा सार्र्वजनिक गर्ने तयारी गरेको थियो। आज नतिजा सार्वजनिक गर्न बोर्डको पदाधिकारी बैठक बसेकोमा केही प्राविधिक तयारी नपुगेको भन्दै भोलि बिहान परीक्षाफल सार्वजनिक गर्न लागिएको हो।

पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा बुधबार, असार १२, २०८१ गएरातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलबिरेमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो।

‘उज्यालो गण्डकी’ अभियान सञ्चालन बुधबार, असार १२, २०८१ गण्डकी प्रदेश सरकारले आधारभूत विद्युत् सुविधामा सबै नागरिकको पहुँच सुनिश्चितताका लागि ‘उज्यालो गण्डकी’ अभियान सञ्चालन गरेको छ।
-1716616505.jpg)
नेपालगञ्जमा महिला क्याम्पस स्थापना बुधबार, असार १२, २०८१ यहाँका महिलाहरु उच्च शिक्षाको अवसरबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपालगञ्जमा महिला क्याम्पस स्थापना गरिएको छ। विशेष गरी मधेसी र मुस्लिम समुदायका किशोरीलाई लक्षित गरी स्थापित ‘मङ्गलप्रसाद महिला कलेज’ मा अध्ययन गर्न आउनेको आकर्षण बढेको छ।