News Griha :: न्यूजगृह
डुबानका कारण विराटनगर विमानस्थलका ७ उडान रद्ध 

काठमाडौं— गएरातिदेखिको अविरल वर्षाका कारण विराटनगर विमानस्थलका ७ वटा उडानहरु रद्ध भएका छन्। विमानस्थलको रनवे र पार्किङमा समेत पानी पसेपछि उडानहरु रद्ध भएका हुन्। 

विमानस्थलका सूचना अधिकारी युवराज घिमिरेका अनुसार विराटनगर विमानस्थलमा दैनिक १८ देखि २० वटासम्म उडान हुने गरेको थियो। तर त्यसमध्ये बुधबार भने ७ वटा उडान रद्ध हुन पुगेको उनले बताए। 

अत्यधिक वर्षाका कारण विराटनगर डुबानमा परेको छ। 

विराटनगरको बास्ता खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको थियो। 

बास्ता खोलामा आएको बाढीको पानी ओभर फ्लो भएर विमानस्थलमा पसेपछि हुनसक्ने थप जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको हो।  

बुधबार दिउँसो पानी सुकेपछि उडानहरु नियमित रुपमा सञ्चालनमा आएका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १९:२०
Weather Update