News Griha :: न्यूजगृह
स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु  

काठमाडौं— स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। 

बुधबार बिहान साढे ११ बजेको समयमा पुतलीबजार नगरपालिका–११ पुतलीखेतका ३५ वर्षीय सूर्य भण्डारीलाई खोलाले बगाएको हो। 

आँधीखोलाले भण्डारीलाई बगाएपछि प्रहरीले खोजी तीव्र पारेको थियो। 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाका अनुसार भण्डारीको शव २ः४५ बजे बताएको स्थानबाट ८–९ मिटर तल फेला परेको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १८:४२
Weather Update