कास्कीमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु, एक घाइतेबुधबार, असार १२, २०८१

स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ? बुधबार, असार १२, २०८१ कान्तिपुर टीभीको ‘इट्स माइ शो’ नामक टेलिभिजन कार्यक्रम पनि विवादमा परेको छ।
-1717484655.jpg)
सक्रिय बन्दै मनसुन: यी प्रदेशमा भारी वर्षा, सजग रहन महाशाखाको आग्रह बुधबार, असार १२, २०८१ हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बाढीले एकै परिवारका चारजना बगायोः एकको मृत्यु, दुई बेपत्ता बुधबार, असार १२, २०८१ मंगलबार माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको छ। फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको मृत्यु भएको वडाध्यक्ष गणेश चौधरीले जानकारी दिए।

रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ : परराष्ट्रमन्त्री श्रेष्ठ मंगलबार, असार ११, २०८१ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न रुसी सरकारसँग निरन्तर कुराकानी भइरहेको बताएका छन्।
बाजुरामा नुन अभाव भएको हल्ला फैलिएपछि... मंगलबार, असार ११, २०८१ साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ।नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो।
-1719322769.jpg)
महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध मंगलबार, असार ११, २०८१ बोरामा माटो भरिएको छ। बाँस जोडेर जालीझै बनाइएको संरचना नदीमा गाडिएको छ। केही जाली महाकाली नदी नजिकै तयारी अवस्थामा छन्। कोही तार कस्दैछन् त कोही माटो राखिएका बोरा जालीमा भरान गर्दैछन्।

आजदेखि धाप ड्यामबाट उपत्यकामा पानी वितरण मंगलबार, असार ११, २०८१ सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजबाट बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको छ। मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन हिजोबाट आयोजना बन्द गरिएको हो।
-(1)-1716531446.jpg)
बाँझो जमिनमा खेती गर्नेलाई इच्छाकामनाले अनुदान दिने मंगलबार, असार ११, २०८१ जिल्लाको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१–८२ को बजेटमा नै अनुदानको व्यवस्था गरेको हो।

२० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार पुरस्कार मंगलबार, असार ११, २०८१ यहाँको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार प्रदान गर्ने भएको छ। नगरपालिकाले ११औंँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ। बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ।

भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने मंगलबार, असार ११, २०८१ भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ। महानगरको सोमबार सम्पन्न १५औँ अधिवेशन तथा नगरसभामा महानगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत भएको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ।
-1717301898.jpg)
निरन्तर वर्षाले चौरजहारी–सल्लीबजार सडक अवरुद्ध मंगलबार, असार ११, २०८१ निरन्तर वर्षा हुँदा रुकुम पश्चिमको चौरजहारी–सल्यानको सल्लीबजार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ।

जङ्गली च्याउ खाँदा बिरामी परेका थप एकको मृत्यु मंगलबार, असार ११, २०८१ आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क निवासी ५८ वर्षीया पम्फी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।