News Griha :: न्यूजगृह
मुख्यसचिवको दौडमा को–को छन् ?
मुख्यसचिवको दौडमा को–को छन् ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मुख्यसचिवका लागि दौडधुप सुरु भएको छ। वर्तमान मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा दायर भएसँगै नयाँ मुख्यसचिवका लागि दौडधुप सुरु भएको छ।  
मेलम्चीमा बाढी, बगायो अस्थायी पुल
मेलम्चीमा बाढी, बगायो अस्थायी पुल मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए। २०७८ सालको बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो।
दशरथचन्द नगरपालिकाले गाडी मर्मत र इन्धनमै सक्यो आधा करोड, एउटालाई दिनुपर्ने भुक्तानीमा अर्कैको बिल
दशरथचन्द नगरपालिकाले गाडी मर्मत र इन्धनमै सक्यो आधा करोड, एउटालाई दिनुपर्ने भुक्तानीमा अर्कैको बिल बैतडीको दशरथचन्द नगरपालिकाले इन्धन र गाडी मर्मतका नाममा आधा करोडभन्दा बढी खर्च गरेको पाइएको छ। नगरपालिकाले इन्धन र गाडी मर्मतको नाममा मनलाग्दी खर्च गरेको पाइएको हो। सवारीसाधन मर्मत र इन्धन वितरण मापदण्ड बनाएर गर्नुपर्ने भए पनि नगरपालिकाले त्यसो नगरेको पाइएको छ। मापदण्ड बिनै मनलाग्दी रुपमा ५२ लाख ३२ हजार रुपैयाँ...
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, मंगलबार धेरै वर्षा हुने 
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, मंगलबार धेरै वर्षा हुने  देशका केही भूभागमा आगामी तीन दिन वर्षा हुनेछ । कोशीदेखि लुम्बिनी प्रदेशसम्म हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि केही स्थानमा वर्षा भइरहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा साथै गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम...
भीर मौरीको टोकाइबाट १३ घाइते
भीर मौरीको टोकाइबाट १३ घाइते भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन्। मौरीको टोकाइबाट भूमे गाउँपालिका–६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन्। 
कर्मचारी सरुवा रोकियो
कर्मचारी सरुवा रोकियो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सूचना प्रकाशित गरी कर्मचारी सरुवा सम्बन्धी ‘मापदण्ड तयारी कार्य गर्नु पर्ने भएकोले’ हाललाई स्थगित गरिएको जनाएको छ।
कामु मुख्य सचिवको जिम्मेवारीमा लीलादेवी गडतौला 
कामु मुख्य सचिवको जिम्मेवारीमा लीलादेवी गडतौला  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा करोडौं रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले अर्यालसहितलाई आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, परिवारका अन्य ४ गम्भीर बिरामी 
जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, परिवारका अन्य ४ गम्भीर बिरामी  मकवानपुरमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना गम्भीर बिरामी परेका छन्। उनीहरु एकै परिवारका व्यक्तिहरु हुन्।  मृत्यु हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७, स्थित दगुबाङ गाउँका ५५ वर्षीय दलबहादुर चेपाङ रहेका छन्। दलबहादुरलाई आज उपचारका लागि चितवनको भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 
कति भयो नागढुङ्गा सुरुङमार्गको काम? 
कति भयो नागढुङ्गा सुरुङमार्गको काम?  राष्ट्रिय योजना आयोगले नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ। आज आयोगका सदस्य डा. रामकुमार फुयालको नेतृत्वमा अनुगमन टोलीले आयोजनाको प्रगति, समस्यालगायतका विषयमा जानकारी लिएको हो। 
विदेशबाट फर्किएकालाई ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालनको तयारीमा सरकार 
विदेशबाट फर्किएकालाई ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालनको तयारीमा सरकार  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनको तयारी भइरहेको बताएका छन्।
शिक्षामन्त्रीको गुनासो– बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रम ल्याउन पाइएन
शिक्षामन्त्रीको गुनासो– बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रम ल्याउन पाइएन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आर्थिक वर्ष २०८१–८२ का लागि पाएको बजेटको ठूलो अंश अनिवार्य दायित्वका लागि छुट्याउनु परेकाले सुधारात्मक नयाँ योजना तथा कार्यक्रमका लागि धेरै बजेट विनियोजन नभएको बताएकी छिन्।
अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिएन सिमकोट, स्थानीयलाई सास्ती 
अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिएन सिमकोट, स्थानीयलाई सास्ती  जिल्लाको खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला सदरमुकाम सिमकोट हालसम्म राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन। 
Weather Update