News Griha :: न्यूजगृह
आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न छलफल
आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न छलफल संघीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा छलफल जारी रहेको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक/सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा सुरु भएको हो।
कुकुरको बच्चालाई तड्पाईतड्पाई  हत्या गर्ने तीन जना इलामबाट पक्राउ 
कुकुरको बच्चालाई तड्पाईतड्पाई  हत्या गर्ने तीन जना इलामबाट पक्राउ  कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुर्ने तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ। उनीहरूले कुकुरको बच्चालाई तड्पाईतड्पाई हत्या गरेको भिडिओ भाइरल भएको थियो। 
लुम्बिनीमा घट्यो बाल मृत्युदर
लुम्बिनीमा घट्यो बाल मृत्युदर लुम्बिनी प्रदेशमा बाल मृत्युदर घटेको छ। आर्थिक वर्ष २०७५/७६ मा पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ४५ रहेकामा हाल ३३ रहेको छ। शनिबार प्रस्तुत गरिएको बजेट वक्तव्यमा लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले नवजात शिशु मृत्युदर प्रतिहजार ३० रहेकामा हाल २१ मा सीमित भएको तथ्याङ्क उल्लेख गरे। लुम्बिनीमा गरिबीको दर...
काठमाडौं उपत्यकामा पेट्रोल अभाव, सबै पम्प बन्द
काठमाडौं उपत्यकामा पेट्रोल अभाव, सबै पम्प बन्द ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ। थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो।
चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु
चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु रैनादेवी छहरा गाउँपालिका–३ डाडागाउँका ५६ वर्षीय विमलप्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए।
पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा
पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ।  मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो।इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको  जानकारी दिइन्।  
करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु
करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। चुरे गाउँपालिका–१ बस्ने अन्दाजी ३३ वर्षीय रोजबहादुर बमको करेन्ट लागेर मृत्यु भएको हो।
पहिरोले मुग्लिन–मलेखु खण्ड अवरुद्ध
पहिरोले मुग्लिन–मलेखु खण्ड अवरुद्ध सडक निर्माणका क्रममा खनेका ठाउँमा सोमबार बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिइन्। उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताइन्।
आज वक्र ईद मनाइँदै, सार्वजनिक बिदा
आज वक्र ईद मनाइँदै, सार्वजनिक बिदा मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व वक्र ईद (उल–अजाह) सोमबार मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने परम्परा छ।
यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान
यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
काठमाडौंमा राति २ बजेदेखि वर्षा
काठमाडौंमा राति २ बजेदेखि वर्षा मौसमविद् प्रधानांगका अनुसार काठमाडौंमा भएको वर्षा मनसुनी वर्षा होइन। ‘यो स्थानीय वायुबाट विकसित प्रणालीबाट भएको वर्षा हो,’ उनले भने, ‘मनसुनले होइन, पोखरामा विकसित स्थानीय वायुको प्रणाली पूर्व सर्दै काठमाडौँमा वर्षा भएको हो, यो अझै पूर्व सर्दै छ, अब काठमाडौं उपत्यकामा पनि केही समयपछि वर्षा रोकिने सम्भावना छ।’
पदयात्रा गरी बिदा मनाउने स्थलका रुपमा परिचित हुँदै बाग्द्वार
पदयात्रा गरी बिदा मनाउने स्थलका रुपमा परिचित हुँदै बाग्द्वार काठमाडौं उपत्यकाको सभ्यताको स्रोत बागमती नदीको उद्गमस्थल बाग्द्वार पछिल्लो समय पदयात्रा गर्दै बिदा मनाउने स्थलका रुपमा विकास हुन थालेको छ। गोकर्णेश्वर नगरपालिका–८ माकालबारीमा स्थायी बसोबास गरी राजधानीको एक परामर्श कम्पनीमा कार्यरत हरिप्रसाद सुवेदी शनिबारको बिदा मनाउन बाग्द्वार पुगे। 
Weather Update