श्रम मन्त्रालयमा डोलप्रसादको सय दिनः सुरक्षित वैदेशिक यात्रादेखि श्रमाधान मेलासम्म आइतबार, असार २, २०८१
एकैपटक ३२ सहसचिवको सरुवा, को कहाँ पुगे? [सूचीसहित] आइतबार, असार २, २०८१ एकैपटक ३२ जना सहसचिवको सरुवा भएको छ। मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र मातहतमा कार्यरत सहसचिवहरुको सरुवा गरेको हो। त्यस्तै सरुवा सूचीमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीको खानेपानी मन्त्रालय अन्तरगत सरुवा गरिएको । उनका ठाउँ रिक्त रहेको छ।
दूधको भुक्तानी नपाएपछि चितवनका किसानले गुहारे प्रधानमन्त्री आइतबार, असार २, २०८१ नेपाल किसान महासंघले विभिन्न आठबुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको ज्ञापनपत्रमा किसानका समस्या समाधान गर्न आग्रह गरिएको छ।
असार लाग्दा पनि परेन पानी, खडेरीले बारीमै सुक्न थाले मकै आइतबार, असार २, २०८१ असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन्। मकै लगाउने समय (फागुन–चैत) मा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका म्याग्दीका किसान असार लागिसक्दा पनि राम्रोसँग वर्षा नभएपछि चिन्तित छन्।
भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग आइतबार, असार २, २०८१ जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन्।
भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता २ जनाको शव फेला आइतबार, असार २, २०८१ भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता उनीहरुको शव सशस्त्र प्रहरीको गोताखोरको टोलीले निकालेको हो।
सास्तीमा छन् निसेलढोरबासी आइतबार, असार २, २०८१ काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बीचबीचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने जो कोहीलाई टाढैबाट आकर्षित गर्ने गन्तव्य हो।
पाप मोचन गर्ने धार्मिक विश्वासमा गङ्गादशहरा पर्व मनाइँदै आइतबार, असार २, २०८१ ज्येष्ठ शुक्ल दशमीका दिन विशेष रुपमा मनाइने गङ्गादशहरा पर्व आज स्नान, पूजा, आराधना गरी मनाइँदैछ। ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा गङ्गादशहरा मेला लाग्ने गर्दछ। दश दिन नभ्याउनेले भने आज विशेषरुपमा स्नान, पूजा एवं आराधना गरी पर्व मनाउने सनातनी परम्परा छ।
ताप्लेजुङमा बाढी पहिरोको वितण्डा: दर्जनौँ परिवार विस्थापित आइतबार, असार २, २०८१ निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन्।गत बुधबार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन्। गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार...
अन्तर्राष्ट्रिय पर्यटन मेला पाँच हजार बढीले गरे अवलोकन आइतबार, असार २, २०८१ पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको दुईदिने नेपाल अन्तर्राष्ट्रिय पर्यटन मेला शनिबार सम्पन्न भएको छ।समिट इभेन्ट्स मार्केटस्को आयोजना तथा नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाको सहयोगमा आयोजित मेला शुक्रबारदेखि सुरु भएको थियो।
भेरी नदीमा पौडी खेल्न गएका दुई जना बेपत्ता आइतबार, असार २, २०८१ शनिबार दिउँसो पौने ४ बजेबाट उनीहरू बेपत्ता भएको डीएसपी विश्वकर्माले जानकारी दिए।
काठमाडौं उपत्यकामा आज साँझदेखि केही शीतल हुने शनिबार, असार १, २०८१ शनिबार साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले अपरान्ह र राति मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताए।
जावलाखेलमा अर्धबेहोस भेटिएका नवविवाहित दम्पतीको मृत्यु शनिबार, असार १, २०८१ ललितपुरको जावलाखेलमा अर्धबेहोस भेटिएका एक दम्पतीको मृत्यु भएको छ।सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमती २५ वर्षकै रेणुको मृत्यु भएको प्रहरीले जनाएको छ ।