News Griha :: न्यूजगृह
खानेपानीको माग गर्दै चुरे संरक्षण अभियन्ताको जनकपुरमा प्रदर्शन
फाइल तस्बिर

काठमाडौं— शुक्रबार खानेपानी माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ। 

विगत २१ दिनदेखि आन्दोलनरत चुरे तथा वन जङ्गल संरक्षण अभियन्ताहरुले जनकपुरमा प्रदर्शन गरेका हुन्। 

‘खोलाको अवैध उत्खनन बन्द गर’, ‘सरकार पानी देउ’, ‘चुरे दोहन बन्द गर’ लगायतका नारा लगाउँदै अधियन्ताहरुले आन्दोलन गरेका हुन्।  

उनीहरुले पानीका घैँटा र गाग्रा बोकेर जनकपुरको जनकचोकदेखि मुख्यमन्त्री कार्यालयसम्म प्रदर्शन गरेका हुन्। 

त्यस्तै उनीहरुले चुरे संरक्षणका लागि भन्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार यादवलाई १२ बुँदे ज्ञानपत्र समेत बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री यादवले आफूले माग सम्बोधन गर्ने आश्वासन दिएका छन्। 

उनीहरुले चुरेको अवैध दोहन बन्द गर्नुपर्र्ने, दिलीप महतोलाई प्रथम पर्यावरण शहीद घोषणा गर्नुपर्ने र मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने लगायतका मागहरु राखेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १६:४४
Weather Update