मेलम्चीको पानी तत्काल बन्द नहुने, सावधानी अपनाएर पठाइँदैशुक्रबार, असार ७, २०८१

इलाममा हट्दै आकाशे पानीमाथिको परनिर्भरता शुक्रबार, असार ७, २०८१ वर्षौँदेखि आकाशेपानीको भरमा खेती गर्दै आएका इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका निरकुमार फागो यतिबेला सुखी रहेका छन्। उनी मात्रै होइन यहाँका सयौंँ किसान वर्षौदेखि आकासेपानी पर्खनुपर्ने बाध्यताबाट मुक्त भएसँगै खुसी भएका छन्।

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन शुक्रबार, असार ७, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो । उक्त हेलिप्याडको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आज उद्घाटन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा...
-1714642273.jpg)
बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी बढ्दै शुक्रबार, असार ७, २०८१ बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी गर्ने सङ्ख्या बढ्दै गएको छ। सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेमा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा आर्थिक वर्ष २०७७–०७८ मा आठ उजुरी परेकामा आव २०८०–०८१ मा त्यो सङ्ख्या ४७ पुगेको सामी कार्यक्रम बाँकेका संयोजक कमलसिंह नेपालीले जानकारी दिए। यो कार्यक्रम यहाँका चार...

मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द शुक्रबार, असार ७, २०८१ तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि सात किलोमिटर बाँकी रहने छ ।

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री शुक्रबार, असार ७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन्। विश्व योग दिवसका अवसरमा शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे।

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा शुक्रबार, असार ७, २०८१ तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो । आगलागी नियन्त्रणमा स्थानीय र प्रहरी जुटेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

दार्चुलामा भूकम्पको धक्का शुक्रबार, असार ७, २०८१ आज बिहान ५:५० मा दार्चुलाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।

विश्व योग दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना शुक्रबार, असार ७, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि नेपाल मुख्य गन्तव्य बन्नसक्ने बताएका छन्।

आजबाट मेलम्चीको पानी काठमाडौं नआउने शुक्रबार, असार ७, २०८१ वर्षातका कारण नदीमा धमिलो पानी बग्न थालेपछि काठमाडौं पानी पथान्तरण रोकिएको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ। आजै पनि हेलम्बुको तार्केघ्याङ क्षेत्रमा ५५.४ मिलमिटर वर्षा भएको छ।

यस्तो छ आजको मौसम पूर्वानुमान शुक्रबार, असार ७, २०८१ हाल कोशी,बागमती, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना, एकको मृत्यु, ५ घाइते बिहीबार, असार ६, २०८१ कर्णाली प्रदेश ०३००१ त ००१ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। ब्रेक फेल भएर ट्याक्टर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बाँदर नियन्त्रण गर्न ‘वनको बाँदर वनैमा’ कार्यक्रम बिहीबार, असार ६, २०८१ गोरखाको पालुङ्गटार नगरपालिकाले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रणका लागि ‘वनको बाँदर वनैमा’ कार्यक्रम लागू गर्ने भएको छ ।