१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ बुधबार, जेठ ३०, २०८१
...अनि आफैँ छानो छाउन अघि सरे शिक्षिकाहरु बुधबार, जेठ ३०, २०८१ तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षिकाले हुरीले उडाएको छानो मर्मत गरेका छन्। यही जेठ १७ गते आएको हुरीले उडाएको विद्यालयको छानो विद्यालयमा अध्यापनरत शुभकामना कुँवर, निर्मला राना र बन्दना भट्टराईले मर्मत गरेका हुन्।
‘सानु म’ गीतका मोडल दीपेश लामाको मृत्यु बुधबार, जेठ ३०, २०८१ थुप्रै म्युजिक भिडिओमा मोडलिङ गरेका उनको ‘तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म, सानु म’ सर्वाधिक हिट मानिन्छ। आलोक नेम्बाङको निर्देशन, प्रेम लामाको स्वर रहेको यो गीतको भिडिओमा दीपेश र सुवानी मोक्तानको अभिनय छ।
गाउँमा सडक पुगे पनि खुसी छैनन् बुढापाका, गोरेटो मासिएकोमा चिन्ता बुधबार, जेठ ३०, २०८१ एक दशकअगाडिसम्म बागलुङका अधिकांश ठाउँमा मोटरबाटो पुगेको थिएन। जब स्थानीय तह स्थापना भयो त्यस यता सडक नपुगेको गाउँ–बस्ती छैन।
अधिकारकर्मीहरू भन्छन्– दलितमाथि विभेदसँगै हिंसा हुन थाल्यो बुधबार, जेठ ३०, २०८१ दलितका लागि दलित अभियान नेपालले दैलेखमा गरेको विशेष जागरण सभामा अधिकारकर्मीहरूले दलितहरूले आफ्नो न्यायको लडाइँ एकताबद्ध भएर लड्नुपर्ने बेला आएको बताएका हुन्। कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले मानिसलाई जबर्जस्ती दलित बनाएर राज्यले अपराध गरेको बताए। उनले दलितको समस्या पुरै देशको समस्या भएकोले दलितसँगै गैरदलितहरूले पनि यो मुद्दालाई उत्तिकै...
अव्यवस्थित पार्किङले अस्तव्यस्त बन्यो पोखराको पृथ्वीचोक बुधबार, जेठ ३०, २०८१ जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने–ओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ। गत साउनदेखि पृथ्वीचोक–सेतीपुल सडकको दुवैतर्फ पार्किक निषेध गरिएकामा वर्षदिन नपुग्दै उक्त नियम उल्लघन भएको हो।
रैथाने बालीको संरक्षण गर्न बीउ बैंक सञ्चालन बुधबार, जेठ ३०, २०८१ मुगुको छायाँनाथ रारा नगरपालिकामा रैथाने बालीको संरक्षण गर्न सामुदायिक बीउ बैंक सञ्चालन गरिएको छ। यहाँ रहेको रारा सामुदायिक बीउ बैंकले रैथाने बालीको बीउ संरक्षण गर्दै आएको छ।
राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि विशेष शिविर सञ्चालन बुधबार, जेठ ३०, २०८१ मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ। शिविरको प्रारम्भ राक्सिराङ गाउँपालिकाबाट भएको छ।
पहिरोमा पुरिएर अरुण तेस्रोका मजदुरको मृत्यु, दुई घाइते बुधबार, जेठ ३०, २०८१ सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।
‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्दै गण्डकी सरकार बुधबार, जेठ ३०, २०८१ गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। पर्यटन राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा उक्त विषयलाई समेटिएको हो ।
यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान बुधबार, जेठ ३०, २०८१ कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मनसुनी प्रणालीको प्रभाव रहेको यो प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।
मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ मंगलबार, जेठ २९, २०८१ काठमाडौं गोङ्गबुबाट ग२१ प ५७७७ नम्बरको मोटरसाइकल हराएको भन्ने प्राप्त निवेदनको आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बा८५ प ६०६६ नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी उक्त मोटरसाइकलसहित तामाङलाई पक्राउ गरेको हो।
‘श्रमाधान रोजगार मेला’ मा २६ सय बढीले दिए रोजगारीका लागि आवेदन मंगलबार, जेठ २९, २०८१ धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला’ मा २६ सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन्।