कोशी प्रदेशका ४५ प्रतिशत जनसङ्ख्या बीमाको पहुँचमामंगलबार, जेठ २९, २०८१
गाउँघरबाट हराए ढिकीजाँतो मंगलबार, जेठ २९, २०८१ यहाँ युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिले सहज बनाएसँगै परम्परागत ढिकीजाँतो लोप हुन थालेको छ। केहीवर्ष अघिसम्म गाउँगाउँमा घरैपिच्छे ढिकीजाँतो हुने लमजुङमा यसको संरक्षण गर्न नसक्दा लोप हुन थालेको हो।
सुन र अन्य सामग्रीसहित विमानस्थलबाट २ जना पक्राउ मंगलबार, जेठ २९, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
१६औँ पञ्चवर्षीय योजनामा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक मंगलबार, जेठ २९, २०८१ राष्ट्रिय योजना आयोगले तयार गरेर मन्त्रिपरिषद्ले पारित गरेको १६औँ पञ्चवर्षीय योजनामा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक लक्षित कार्यक्रम तथा योजनाहरू समावेश गरिएको छ।
झापामा बिकेन धान, किसान चिन्तित मंगलबार, जेठ २९, २०८१ गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन्। केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताए।
कालोसूचीमा राख्न सिफारिस निर्माण कम्पनीलाई प्रश्रय दिएको भन्दै महालेखाले उठायो प्रश्न मंगलबार, जेठ २९, २०८१ मकवानपुरको थाहा नगरपालिकामा कभर्डहल निर्माणको काम अधुरो राख्ने निर्माण व्यवसायीलाई उन्मुक्ति दिइएको भन्दै महालेखाले प्रश्न उठाएको छ।
यसरी हट्यो बर्दिवासको हात्तीलेटमा खानेपानी समस्या मंगलबार, जेठ २९, २०८१ महोत्तरीको बर्दिवास–८ हात्तीलेटका बासिन्दाले खानेपानीको संकट झेल्नु नपर्ने भएको छ।
मनसुन प्रणाली भित्रिएकै दिन धनगढीमा सबैभन्दा धेरै गर्मी, काठमाडौंमा कति पुग्यो तापक्रम? सोमबार, जेठ २८, २०८१ महाशाखाले सोमबार सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगञ्जको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन गरिएको छ। वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.९, दिपायलको ४०.७, भैरहवाको ३९.८, घोराहीको ३९.६, सिमराको ३७.५, जनकपुरको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस मापन गरिएको छ।
कक्षा १२ को प्रश्नपत्र ‘आउट’ गर्ने फरार २ शिक्षक पक्राउ सोमबार, जेठ २८, २०८१ परीक्षा अगावै प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ ग्वालीचौर–८ घर भइ ललितपुर उपमहानगर–१८ बस्ने ३१ वर्षीय केशव घिमिरे र काठमाडौं महानगरपालिका–१६ बस्ने पाल्पाको रिब्दिकोट–३ का २४ वर्षीय विकास ज्ञवाली छन्।
विपद् व्यवस्थापनको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु सोमबार, जेठ २८, २०८१ विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा आज बझाङमा डुबेर एक प्रहरी जवानको मृत्यु भएको छ।
गर्मी बढेसँगै चितवनमा घटे पर्यटक सोमबार, जेठ २८, २०८१ गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ। मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो।
दोधारा चाँदनीको शवगृहमा ‘कौशिला’ को सक्रियता सोमबार, जेठ २८, २०८१ मृत शरीरको चिरफारदेखि सिउने कामसम्म महिलाले गर्छन् भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर यो यथार्थ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको हो।
बेनी–जोमसोम सडक योजनाः ८ वर्षमा कति भयो काम? सोमबार, जेठ २८, २०८१ आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ। भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ।