News Griha :: न्यूजगृह
संसद् भवनमा प्रहरी जवानको आत्महत्या घटना– आफूले बोकेको इन्सास राइफलले आफ्नै निधारमा फायर गरेः प्रहरी  

काठमाडौं—  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवानले आफैँलाई गोली चलाएका छन्। 

संघीय संसद् भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले बुधबार बिहान आफैमाथि गोली चलाएका हुन्। 

उनको घटनास्थलमै मृत्यु भएको हो। 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार संसद् भवनको  २ नम्बर गेटका बायाँपट्टि रहेको शौचालय गएका उनले आफूले बोकेको इन्सास राइफलले आफ्नै निधारमा फायर गरेका थिए। 

उनी बिहान ८:१५ बजे शौचालयमा मृत भेटिएका एसपी अधिकारीले जानकारी दिए। 

मृतक गोले दोलखाको मेलुङ गाउँपालिका– ४ घर भई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल  कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद् सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १०:२६
Weather Update