News Griha :: न्यूजगृह
नयाँ बानेश्वरस्थित संसद् भवनमा गोली चल्यो, प्रहरी जवान मृत भेटिए

काठमाडौं—  नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्।

बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेका हुन्।

घटनाको पुष्टि संघीय संसद सचिवालयका सूचना अधिकारी दशथ धमलाले गरेका छन्।   

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १०:१०
Weather Update