News Griha :: न्यूजगृह
मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा
तस्बिरः रासस

काठमाडौं— लगातारको वर्षाका कारण पहिरो खस्दा अवरूद्ध भएको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ। 

बुधबार बिहान सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ स्थित लोकमार्गको खुर्कोट–घुर्मी सडकमा लेदोसहितको पहिरो आउँदा ट्रक नै पुरेको थियो।

गोलन्जोर कै अक्करे भीरसहित अन्य २ ठाउँमा पनि पहिरोले सडक अवरूद्ध थियो।

जिल्ला प्रहरी कार्यालयका डीएसपी अनीलकुमार खड्काले पहिरो केही हटाइएको र सवारी साधन एकतर्फी सञ्चालनमा रहेको जानकारी दिए। ‘एक्साभेटर प्रयोग गरी अहिलेलाई एकतर्फी सवारी साधन चल्ने बनाइएको छ। होल्ड भएका सवारी साधनहरू चलिसकेका छन्,’ उनले भने।

ट्रक पुरेको स्थानमा पनि एक्साभेटरले पहिरो पन्छाइरहेको डीएसपी खड्काले जानकारी दिए। सडक दुईतर्फी नै सञ्चालनमा आउन भने केही समय लाग्ने उनले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १२:०६
Weather Update