माग पूरा नभएपछि संसद् सचिवालयका कर्मचारी आज पनि धर्नामामंगलबार, असार ४, २०८१

चट्याङ लागेर मोरङमा एक किशोरीको मृत्यु मंगलबार, असार ४, २०८१ रतुवामाई नगरपालिका–४ झुर्कियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै मंगलबार बिहान परेको चट्याङ लागेर १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

घाँसखेतीबाट मनग्य आम्दानी मंगलबार, असार ४, २०८१ उनले २१ रोपनी आफ्नो र ८९ रोपनी छिमेकीको जग्गा भाडामा लिएर घाँसखेती गरेका छन्। उनले किम्बु, राइखन्यु, बडर, मरिङ्गा, रसियन कम्फे, नेपियर, रेड नेपियर, फोरजी बुलेज, जेइन्ड किङलगायत गरी ५० भन्दा बढी जातका घाँसका बिरुवा उत्पादन गरिरहेका छन्।

सूर्यविनायक–धुलिखेल सडक : डेढ वर्षमा २५ प्रतिशत प्रगति मंगलबार, असार ४, २०८१ विद्युत् प्राधिकरणले सडकमा परेका पोल नसारीदिँदा काममा थप समस्या आएको जनाउँदै उनले प्रशासनबाट पोल सारिदिन समन्वय गरिरहेको बताए। सडकमा करिब २० वटाभन्दा बढी पोल रहेको तर प्राधिकरणले पोल सार्न आउँछौँ भनेर पटकपटक भनेर पनि नआएकाले ताकेता गरिरहेको उनले बताए। वर्षा शुरु भइसकेकाले दुईतर्फी सडक आवागमनमा समस्या नहोस् भनेर मुख्य काम...

औद्योगिक क्रान्तिमा परेका देशको चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह मंगलबार, असार ४, २०८१ काठमाडौंमा हुने मङ्गलबारदेखि सुरु भएको ‘आईडीए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गरेका हुन् ।

वडा कार्यालयको सूचना माग्दा पक्राउ ! मंगलबार, असार ४, २०८१ संविधानले हरेक नागरिकलाई सार्वजनिक सरोकारका सूचनामाथि हक हुने व्यवस्था गरेको छ। कानुनले नागरिकले आफ्नो क्षेत्रका जुनसुकै सार्वजनिक सरोकारका सूचना माग्न, थाहा पाउन र सार्वजनिक गर्न पाउने व्यवस्था गरेको छ। तर काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा भने सूचना माग्नेलाई प्रहरीले पक्राउ गरेको छ।

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध मंगलबार, असार ४, २०८१ गएरातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ। बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाइले जानकारी दिए।सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए।

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा मंगलबार, असार ४, २०८१ अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एअर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए। उनले भने, ‘अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो । यतिखेर आउने भन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन...

पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध मंगलबार, असार ४, २०८१ पहिरोले सडक पुर्दा साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। सोमबार राति साँफेबगर नगरपालिका–१३ इग्रीखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने मंगलबार, असार ४, २०८१ नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ। मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वैष्णव सम्प्रदायले आज तुलसीको दल राख्दै मंगलबार, असार ४, २०८१ वैदिक परम्पराका अनुयायी स्मार्त (स्मृति मान्ने)हरूले सोमबार नै तुलसीको दल राखेका थिए। पञ्चांगहरूले वैष्णव सम्प्रदायका लागि मंगलबार बिहान तुलसीको दल राख्न निर्देश गरेका छन्। यद्यपि एकादशी तिथि पूरै सोमबार नै थियो। मंगलबार सूर्योदयअघि नै द्वादशी तिथि लागेको छ।

यी चार प्रदेशमा रातिदेखि नै वर्षा मंगलबार, असार ४, २०८१ महाशाखाका अनुसार कोशी प्रदेशका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

जहाजले 'टेक अफ' लिने बेला जब धावनमार्गमा स्याल देखियो... सोमबार, असार ३, २०८१ जनकपुरबाट काठमाडौं आउन लागेको बुद्ध एअरको ५०४ जहाज धावनमार्गमा २०० मिटर जति गुडिसकेपछि स्याल देखिएको थियो।