ट्यांकर चालकहरुसँग सहमति, पेट्रोल पम्प खुल्ने सोमबार, असार ३, २०८१

नदी धमिलिने बित्तिकै मेलम्चीको पानी बन्द हुने सोमबार, असार ३, २०८१ मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ। मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो।
-1718613928.jpg)
क्रसर तथा खानी उद्योग व्यवसायीहरु आन्दोलित सोमबार, असार ३, २०८१ नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरु आन्दोलित भएका छन्। विभिन्न माग अघि सार्दै सरकारसँग असन्तुष्ट रहेका उनीहरुले सोमबार माइतीघर मण्डलामा नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

कोशीमा चट्याङबाट १० वर्षमा साढे २ सयले ज्यान गुमाए, ६ सय ८७ जना घाइते सोमबार, असार ३, २०८१ कोशी प्रदेशमा विगत दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाएका छन्। मनसुनी वर्षाको अवधिभर प्रदेशमा चट्याङले त्रास सिर्जना गर्दै आएको छ।कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाका अनुसार विसं २०७० देखि २०८० सम्मको एक दशकका मनसुनजन्य विपद्को विश्लेषण गर्दा सबैभन्दा बढी मानवीय क्षति...

मनसुन सक्रिय नहुँदा अझै केही दिन गर्मी अत्यधिक बढ्ने सोमबार, असार ३, २०८१ अझै केही दिन देशका विभिन्न स्थानमा अत्यधिक गर्मी हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागले आगमी असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको छ। विभागले जारी गरेको बुलेटिन अनुसारसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले यसको असरबाट बच्न...

तनहुँमा जङ्गली च्याउ खाँदा ५ जना बिरामी सोमबार, असार ३, २०८१ तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका छन्। आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङ बिरामी परेका छन्। उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

असन्तुष्ट ट्यांकर चालकहरुलाई वार्ताका लागि बोलाइयो सोमबार, असार ३, २०८१ ट्यांकर चालकहरूले पेट्रोलियम ढुवानी रोकेपछि काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ। चालकहरु हड्तालमा उत्रिएपछि थानकोट डिपोबाट इन्धनको वितरण प्रभावित भएको हो।विभिन्न ७ बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका हुन। ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनुपर्नेलगायतका माग नेपाल पेट्रोलियम...

ताप्लेजुङमा बाढी पहिरोबाट विस्थापित परिवारको विद्यालयमा बास सोमबार, असार ३, २०८१ यहाँका विभिन्न गाउँका २५ घर परिवार बाढी पहिरोका कारण विस्थापित भएका छन्। बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
-1718605725.jpg)
आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न छलफल सोमबार, असार ३, २०८१ संघीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा छलफल जारी रहेको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक/सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा सुरु भएको हो।

कुकुरको बच्चालाई तड्पाईतड्पाई हत्या गर्ने तीन जना इलामबाट पक्राउ सोमबार, असार ३, २०८१ कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुर्ने तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ। उनीहरूले कुकुरको बच्चालाई तड्पाईतड्पाई हत्या गरेको भिडिओ भाइरल भएको थियो।

लुम्बिनीमा घट्यो बाल मृत्युदर सोमबार, असार ३, २०८१ लुम्बिनी प्रदेशमा बाल मृत्युदर घटेको छ। आर्थिक वर्ष २०७५/७६ मा पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ४५ रहेकामा हाल ३३ रहेको छ। शनिबार प्रस्तुत गरिएको बजेट वक्तव्यमा लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले नवजात शिशु मृत्युदर प्रतिहजार ३० रहेकामा हाल २१ मा सीमित भएको तथ्याङ्क उल्लेख गरे। लुम्बिनीमा गरिबीको दर...

काठमाडौं उपत्यकामा पेट्रोल अभाव, सबै पम्प बन्द सोमबार, असार ३, २०८१ ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ। थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो।

चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु सोमबार, असार ३, २०८१ रैनादेवी छहरा गाउँपालिका–३ डाडागाउँका ५६ वर्षीय विमलप्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए।