सेती लोकमार्गको काम अन्तिम चरणमा आइतबार, जेठ २०, २०८१
सडक विस्तार गर्दा खसेको पहिरोले दमौली–डुम्रेखण्ड अवरुद्ध आइतबार, जेठ २०, २०८१ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ।
यस्तो छ आजको मौसम पूर्वानुमान आइतबार, जेठ २०, २०८१ आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी तथा लुम्बिनी प्रदेशका एक/दुइ स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ |
यातायात विभागले किन छापेन २ लाख ६० हजार लाइसेन्स कार्ड? शनिबार, जेठ १९, २०८१ यातायात व्यवस्था विभागले समयमै काम नगरिदिँदा सवारीचालकहरुले अनावश्यक तनाव भोग्नुपरेको देखिएको छ। विभागले सवारीचालक अनुमतिपत्र छपाईमा गरेको अनावश्यक ढिलाई नै शङ्काको घेरामा परेको छ भने सरकारको निर्णय समयमा कार्यान्वयन नगरेको भनेर संवैधानिक निकायले प्रश्न पनि गरेको छ।
जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’ शनिबार, जेठ १९, २०८१ मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको कक्ष, रोजगारदाता, म्यानपावर व्यवसायी तथा विभिन्न सामाजिक संस्थालगायतका ३५ भन्दा बढी कक्ष रहनेछन्। कामको खोजीमा रहेका युवालाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल तथा विभिन्न नेटवर्किङ सत्र, स्थानीय सांस्कृतिक प्रस्तुतिलगायत कार्यक्रम पनि राखिएका छन्। मेलाबाट रोजगारदाता र श्रमिकमा उत्साह...
ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु शनिबार, जेठ १९, २०८१ ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुवै चालकको मृत्यु भएको छ।शनिबार बिहान साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका–४ टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०६२ नम्बरको स्कुटर ठोक्किँदा दुवै सवारी साधनका चालक गम्भीर घाइते भएका थिए।
अनन्त—राधिकाको दोस्रो प्रि–वेडिङ समारोहमा हलिउड गायिका केटको परर्फम शुक्रबार, जेठ १८, २०८१ यसअघि जामनगरमा भएको पहिलो प्रिवेडिङमा अन्तर्राष्ट्रिय गायिका रिहानाले परर्फम गरेकी थिइन् जसको लागि उनलाई ७४ करोड भारु दिइएको चर्चा थियो। अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह १२ जुलाईमा हुँदैछ। तीन दिनसम्म चल्ने यो भव्य समारोह मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ।
नदी प्रणालीको व्यवस्थापन नहुँदा जोखिम बढ्दै शुक्रबार, जेठ १८, २०८१ महोत्तरीमा चुरेबाट निस्केर दक्षिण बग्ने १० भन्दाबढी नदी तथा खोला छन्। ती खोला बालुवा र गेग्रान थुप्रिँदै गएपछि नजिकका बस्ती र अन्य संरचनाभन्दा अग्ला हुन थालेका छन्। जसले बर्सायाममा डुबान र भौतिक संरचना भत्कने जोखिम बढ्दै गएको छ।
मुग्लिन–पोखरा सडक विस्तारमा कति भयो प्रगति? शुक्रबार, जेठ १८, २०८१ पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ। पूर्वी खण्डअन्तर्गत ४१ दशमलव ७ किलोमिटरमध्य २३ किमीमा चार लेन र आठ किमीमा दुई लेनको सडक कालोपत्र गरिएको छ।
मध्यपहाडी लोकमार्गको विकाससँगै रिग तालको चर्चा शुक्रबार, जेठ १८, २०८१ जिल्लाको निसीखोला गाउँपालिकास्थित रिग तालको चर्चा चुलिएसँगै गाउँपालिकाले प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ।यहाँ प्रशस्त पर्यटकीय सम्भावना बोकेका स्थान भए पनि मध्यपहाडी लोकमार्गको विकाससँगै रिग तालको चर्चा हुन थालेपछि पालिकाले यसको प्रवर्द्धनमा जोड दिएको हो।
अब पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन शुक्रबार, जेठ १८, २०८१ पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू भएको छ। गर्मीयाम र खडेरीका बेला बजारमा अत्याधिक माग हुने खरबुजा तराईका नदीबगर र बलौटे पाँगो माटो भएका ठाउँमा खेती हुने गरेकामा पहाडी जिल्ला पर्वतमा पनि उत्पादन गरिएको हो।
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम धमाधम हुँदै शुक्रबार, जेठ १८, २०८१ जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन्।
संरक्षणको अभावमा सय वर्ष पुराना ढुङ्गेघर जीर्ण बन्दै शुक्रबार, जेठ १८, २०८१ बेनीबजारबाट १० किलोमिटर दक्षिणमा अवस्थित बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारामा मल्लकालीन वास्तुकलाका एक सय वर्ष पुराना ढुङ्गेघर दिनप्रतिदिन जीर्ण बन्दै गएका छन्।