News Griha :: न्यूजगृह
आज काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने 
आज काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने  काठमाडौं उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ। गत मंगलबार २८ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो। आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ। 
जनकनन्दिनी बन्यो पूर्णखोप पालिका
जनकनन्दिनी बन्यो पूर्णखोप पालिका धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ। ६ वटा वडाको सो गाउँपालिकालाई बुधबार पूर्णखोप  पालिका घोषणा गरिएको हो। 
सुर्खेतमा जीप दुर्घटना, ४ जनाको मृत्यु
सुर्खेतमा जीप दुर्घटना, ४ जनाको मृत्यु जीप सडकबाट ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार जीप राति दुर्घटना भएपनि बिहान मात्र उद्धार कार्य भएको थियो । जीपमा १० यात्रु रहेको प्रहरीले बताएको छ।
भीमफेदी कार दुर्घटनाः तीन जनाको मृत्यु [अपडेट]
भीमफेदी कार दुर्घटनाः तीन जनाको मृत्यु [अपडेट] जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीले भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको थियो।  
असार १ गतेबाट पशुपतिका चारवटै ढोका बिहान ४ बजे नै खोलिने  
असार १ गतेबाट पशुपतिका चारवटै ढोका बिहान ४ बजे नै खोलिने   आरध्यदेव पशुपतिनाथका चारवटै ढोका आउँदो असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन्। 
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्‍याएको छ। ह्युम कन्सल्ट प्रालि पवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो। 
धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन् 
धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन्  धन कमाएर आउने र परिवारसँग सुखी जीवन बिताउने सुन्दर सपना बोकेर विदेश गएका हजारौँ युवा अब कहिले पनि फर्किने छैनन्।सुन्दै कहालीलाग्दो यो खबर आफन्त र गाउँघरका लागि कति पीडादायी हुँदो हो। अनुमान गर्न पनि कठिन छ। जतिसुकै कठोर खबर भए पनि यो अपत्यारिलो खबर भने होइन,  कटुसत्य हो।संवैधानिक...
गुच्चाको गोली लागेपछि गाउँबाट बाँदर गायब
गुच्चाको गोली लागेपछि गाउँबाट बाँदर गायब कास्की जिल्लाको मादी गाउँपालिका–१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन्। स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पड्काएपछि यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन्।‘रूखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक पड्काउँदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो,’ गुरुङले भने, ‘घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखापरेका छैनन्।’ 
झापामा हुरीबतासले करोडौँको क्षति
झापामा हुरीबतासले करोडौँको क्षति गए राति वर्षा र चट्याङसहित आएको हुरीबतासले मेचीनगर नगरपालिकामा ठूलो क्षति गरेको छ। हुरीले बिजुलीको खम्बा ढालेपछि गए रातिदेखि मेचीनगर क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको छ।
नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना
नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना माथिल्लो मुस्ताङको लो मान्थाङमा च्याङ्ग्रा पस्मिना रिसर्च एन्ड एग्रो टुरिजम फार्मको स्थापना गरिएको छ। व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले नेपालको पहिलो एकीकृत च्याङ्ग्रा फार्मका रूपमा स्थापना भएको यस फार्ममा एक हजारभन्दा बढी च्याङ्ग्रापालन गर्न मिल्ने क्षमता रहेको छ।
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी जिल्लामा बाँसको प्रयोग गरी भूक्षय नियन्त्रण गर्न निर्माण गरिँदै आएको जैविक तटबन्ध प्रभावकारी हुँदै गएको छ। थोरै लागतमा निर्माण हुने जैविक तटबन्धबाट खेतीयोग्य जग्गा नदीले कटान गरी बगाउने कार्य नियन्त्रण हुन थालेको छ।
तराईमा दुई दिन उच्च तापक्रम, सावधानी अपनाउन सुझाव
तराईमा दुई दिन उच्च तापक्रम, सावधानी अपनाउन सुझाव सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दामाथि मापन गरिएको छ। तातो हावाको लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने र बान्ता आउने आदि हुनसक्ने भन्दै बच्न महाशाखाले सुझाव दिएको छ। 
Weather Update