News Griha :: न्यूजगृह
मनसुन प्रणाली भित्रिएकै दिन धनगढीमा सबैभन्दा धेरै गर्मी, काठमाडौंमा कति पुग्यो तापक्रम?  
मनसुन प्रणाली भित्रिएकै दिन धनगढीमा सबैभन्दा धेरै गर्मी, काठमाडौंमा कति पुग्यो तापक्रम?   महाशाखाले सोमबार सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगञ्जको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन गरिएको छ। वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.९, दिपायलको ४०.७, भैरहवाको ३९.८, घोराहीको ३९.६, सिमराको ३७.५, जनकपुरको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस मापन गरिएको छ।
कक्षा १२ को प्रश्नपत्र ‘आउट’ गर्ने फरार २ शिक्षक पक्राउ  
कक्षा १२ को प्रश्नपत्र ‘आउट’ गर्ने फरार २ शिक्षक पक्राउ   परीक्षा अगावै प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ ग्वालीचौर–८ घर भइ ललितपुर उपमहानगर–१८ बस्ने ३१ वर्षीय केशव घिमिरे र काठमाडौं महानगरपालिका–१६ बस्ने पाल्पाको रिब्दिकोट–३ का २४ वर्षीय  विकास ज्ञवाली छन्।
विपद् व्यवस्थापनको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु
विपद् व्यवस्थापनको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा आज बझाङमा डुबेर एक  प्रहरी जवानको मृत्यु भएको छ। 
गर्मी बढेसँगै चितवनमा घटे पर्यटक 
गर्मी बढेसँगै चितवनमा घटे पर्यटक  गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ। मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो। 
दोधारा चाँदनीको शवगृहमा ‘कौशिला’ को सक्रियता 
दोधारा चाँदनीको शवगृहमा ‘कौशिला’ को सक्रियता  मृत शरीरको चिरफारदेखि सिउने कामसम्म महिलाले गर्छन् भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर यो यथार्थ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको हो।
बेनी–जोमसोम सडक योजनाः ८ वर्षमा कति भयो काम? 
बेनी–जोमसोम सडक योजनाः ८ वर्षमा कति भयो काम?  आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ। भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ। 
वर्ल्डलिङ्क कम्युनिकेसनका कर्मचारी सवार जीप रुकुम पश्चिममा दुर्घटना, तीनजनाको मृत्यु 
वर्ल्डलिङ्क कम्युनिकेसनका कर्मचारी सवार जीप रुकुम पश्चिममा दुर्घटना, तीनजनाको मृत्यु  रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ नेपानेमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। तीन जना घाइते छन्। 
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ? हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक  प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु
सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाईकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमाद नगरपालिका–७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो । 
अज्ञात रोगले जुम्लामा २३ भेडा मरे
अज्ञात रोगले जुम्लामा २३ भेडा मरे जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले २३ भेडा मरेका छन्। सो पालिकामा पर्ने नदै पाटन र ठाकुरपानीमा भेडा मरेको स्थानीय वीरबहादुर शाहीले जानकारी दिए। उनले आफ्ना १०, कर्णबहादुर शाहीका छ, अकलबहादुर शाहीका चार र जिरबहादुर शाहीका तीन वटा भेडा मरेको बताए। 
अब तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने
अब तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न लुम्बिनी विकास कोषले मनोनयन दस्तावेज तयार गरी पेस गरेको छ।
आर्किटेक्ट इञ्जिनियर खोज्दै काठमाडौं महानगर 
आर्किटेक्ट इञ्जिनियर खोज्दै काठमाडौं महानगर  काठमाडौं महानगरपालिकाको श्रम बैंकमा करिब पाँच हजारको आवेदन परे पनि आर्किटेक्ट इञ्जिनियरको भने आवश्यक सङ्ख्या नपुगेको जनाएको छ।  काठमाडौं महानगरले गत भदौमा सिप भएका बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आवद्ध हुन माग गरेको सूचनाअनुसार अहिलेसम्म चार हजार सात सय ७० जनाको आवेदन परेको कामपा श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले जानकारी...
Weather Update