चितवनमा ४ वटा सवारीसाधन एकैठाउँमा ठोक्किए, एक जनाको मृत्यु, २३ घाइते सोमबार, जेठ १४, २०८१
गर्मी छल्न जलबिरे झरनामा पर्यटक आइतबार, जेठ १३, २०८१ चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–६ मा रहेको जलबिरे झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।प्राकृतिक झरनाको चिसो पानी, झरनाबाट उछिट्टिएर निस्किने पानीका मसिना छिटा र मनोरम हरियाली वातावरण भएकाले तराईको गर्मी छल्न आन्त्रिक पर्यटक यहाँ आउने गरेका छन्।
जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला आइतबार, जेठ १३, २०८१ मधेसको बुहारीले घुम्टो ओढेर बस्नु सामान्य मानिन्छ। घुम्टोबाट निस्कन बुहारीले निकै संघर्ष गर्नुपर्छ। यसरी घुम्टोबाट बाहिर निस्किएकी हरिवन निवासी एक बुहारी उद्यमीका रुपमा परिणत भएकी छिन्।
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना आइतबार, जेठ १३, २०८१ मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
बाँदर धपाउन गाउँपालिकाले नियुक्त गर्यो ३५ हेरालु कर्मचारी आइतबार, जेठ १३, २०८१ पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन ३५ जना हेरालु कर्मचारी नियुक्त गरेको छ। अन्नबाली जोगाउन बाँदर समस्या समाधानका लागि विभिन्न उपाय अवलम्बन गरे पनि समाधान समाधान नभएपछि पालिकाका सातवटै वडामा पाँच–पाँच जनाका दरले हेरालु कर्मचारी नियुक्त गरिएका छन्।
पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु आइतबार, जेठ १३, २०८१ जैमिनी नगरपालिका–१० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको शिरमा रहेको छ हाँडिकोट टापु। समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोट जैमिनी क्षेत्रकै अग्लो पहाड पनि हो।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित आइतबार, जेठ १३, २०८१ प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ। अपराह्न भएको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान १५ मिनेट प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ।
आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार आइतबार, जेठ १३, २०८१ राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ।
काठमाडौं उपत्यकाको तापक्रम बढ्दो क्रममा आइतबार, जेठ १३, २०८१ काठमाडौं उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ। आज काठमाडौंमा अधिकतम तापक्रम ३१ देखि ३३.४ डिग्री सेल्सियसका बीच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।
आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना आइतबार, जेठ १३, २०८१ जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
तिनाउ नदीमा डुबेर १७ वर्षीय किशोरको मृत्यु शनिबार, जेठ १२, २०८१ साथीहरुसँग फुटबल खेल्न गएका ती किशोर नजिकैको दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेको स्थानीयले जानकारी दिएलगत्तै प्रहरी घटनास्थल पुगे पनि भुसाल मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए।
शिवसताक्षीमा असारभित्र नगर अस्पताल सञ्चालन हुने शनिबार, जेठ १२, २०८१ शिवसताक्षी नगरपालिकामा चालु आर्थिक वर्षभित्र नगर अस्पताल सञ्चालन हुने भएको छ। सुविधासम्पन्न भवन निर्माण भएसँगै १५ श्ययाको नगर अस्पताल चालु आवभित्रै सञ्चालनको तयारी गरिएको हो।
स्तरोन्नतिका लागि धुलिखेल–खावा खण्ड बन्द शनिबार, जेठ १२, २०८१ अरनिका राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि दिउँसोको समयमा बन्द गरिएको छ। सडक स्तरोन्नति जारी रहेकाले आज र भोलि दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो।