सुरक्षा अधिकारीद्वारा चीनसँग सीमा जोडिएको उरै नाका निरीक्षणबिहीबार, जेठ २४, २०८१

हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरुद्ध बिहीबार, जेठ २४, २०८१ बुधबार राति आएको हावाहुरीले बिजुलीका पोल ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा ९ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ।

दक्षिणकालीमा मोटरसाइकलबाट खसेर मृत्यु भएका दुई जनाको शव भेटियो बिहीबार, जेठ २४, २०८१ काठमाडौंको दक्षिणकाली नगरपालिका–८ स्थित केराबारीमा दुई जना मृत भेटिएका छन्। मृत्यु हुनेमा एक जना महिला र एक जना पुरुष छन्।घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ। भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको छ।
-1717484659.jpg)
देशभरको मौसममा आंशिक बदली, दिउँसो यी प्रदेशमा वर्षाको सम्भावना बिहीबार, जेठ २४, २०८१ बिहीबार बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ। अहिले कोशी र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
-1717589476.jpg)
उत्पादन दिने बेला हुरीले ढाल्यो मकै बुधबार, जेठ २३, २०८१ वर्षासँगै आएको हुरीले मकै बालीमा ठूलो क्षति पुर्याएको छ। मंगलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्याएको हो।

घट्न थाले अन्नपूर्ण पदमार्गमा पर्यटक बुधबार, जेठ २३, २०८१ पाँच जिल्ला जोडिएको पर्यटन क्षेत्रमा महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा पछिल्लो समय पर्यटक घट्न थालेका छन्। यहाँ दुई सय ५० को हाराहारीमा दैनिक पर्यटक आउने गरेकामा वर्षा सुरु हुन थालेपछि १५–२५ जना मात्र आउन थालेका मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ।

श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाए, परिवारका ५ जना घाइते बुधबार, जेठ २३, २०८१ चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन्।प्रहरीका अनुसार घटना मंगलबार रातिको हो। घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए।

विपद् क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने बुधबार, जेठ २३, २०८१ सरकारले विपद्का बेलामा रिपोर्टिङ गर्न जाने पत्रकार र स्वयंसेवकमा खटिने मानिसहरूलाई तालिम प्रदान गर्ने भएको छ।बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बर्खा सुरु भएसँगै सरकारले नागरिकको जिउ धनको सुरक्षाको लागि के कस्तो काम गरिरहेको छ भन्ने सन्दर्भमा सदनलाई जानकारी गराउँदै गृहमन्त्री रवि लामिछानेले विपद्का बेलामा रिपोटिङ गर्न जाने पत्रकारहरू र...

सूर्यदर्शन सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई देखाए कालोझण्डा, ११ जना पक्राउ, प्रहरीको कुटाइबाट २ घाइते बुधबार, जेठ २३, २०८१ पोखराका सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाएका छन्।बुधबार बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरूले कालो झण्डा देखाएका हुन्।उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए।

दार्चुलाबाट कैलाली जाँदै गरेको जीप डोटीमा दुर्घटना, २ जनाको मृत्यु बुधबार, जेठ २३, २०८१ दार्चुलाबाट कैलाली जाँदै गरेको सुप प्र ०१ ००१ ढ १४८९ नम्बरको जीप डोटीको जोरायल गाउँपालिका–१ खडिलामा बुधबार बिहान साढे ४ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा ३ वर्षीय बालिकाको मृत्यु भएको छ भने अर्की एक महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
-1717484655.jpg)
यी स्थानमा आज बिहानैदेखि वर्षा बुधबार, जेठ २३, २०८१ बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।बागमतीलगायत देशका पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

नागरिकका गुनासा सम्बोधन गर्न शिक्षा मन्त्रालयमा शासकीय सुधार एकाइ गठन मंगलबार, जेठ २२, २०८१ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नागरिकका गुनासा छिटो सम्बोधन गर्न प्रशासन महाशाखाका प्रमुख सहसचिव सुमन घिमिरेको नेतृत्वमा शासकीय सुधार एकाइ गठन भएको छ।

सरकारबाट सहयोग पाउने आशमा दाङको संस्कृत गुरुकुल मंगलबार, जेठ २२, २०८१ तल सरयु उत्तरबाहिनी नदी एकनासले बगेको छ। नदी नजिकको ध्यान केन्द्रमा वटुकहरू ध्यान मुद्रामा रहेका छन्। साँझ ६ः००देखि उनीहरू ध्यानमा बसेका हुन्। घोराही उपमहानगरपालिका–७ उत्तरबाहिनी क्षेत्र शुक्रबारमा रहेको माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालय (गुरुकुल) का विद्यार्थीको दैनिकी यस्तै छ।