News Griha :: न्यूजगृह
गौर नगरपालिकाले सञ्चालनमा ल्यायो कृषि एम्बुलेन्स 
गौर नगरपालिकाले सञ्चालनमा ल्यायो कृषि एम्बुलेन्स  रौतहटमा उत्पादित कृषि उपजको बिक्री वितरणलाई सहज बनाउने उद्देश्यका साथ गौर नगरपालिकाले कृषि एम्बुलेन्स ल्याएको छ।किसानको उत्पादन बजारसम्म लगेर विक्री वितरणमा सहजीकरण गर्ने उदेश्यले नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर ल्याएको हो। 
काठमाडौंमा हावाहुरीसहित वर्षा
काठमाडौंमा हावाहुरीसहित वर्षा काठमाडौंमा हावाहुरीसहित वर्षा भइरहेको छ। दाङदेखि विकास भएको स्थानीय वायु प्रणालीले हावाहुरी र वर्षा निम्त्याएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।‘दाङदेखि नै विकास भएको सिस्टम हो यो। चितवनको उत्तर भागदेखि सक्रिय देखिएको छ,’ अर्यालले भने, ‘यो एक/डेढ घण्टा रहन्छ। त्यसपछि उत्तरपूर्व लाग्ने देखिन्छ।’
मेसिनबाट धान रोप्ने किसानलाई अनुदान 
मेसिनबाट धान रोप्ने किसानलाई अनुदान  आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान प्लाष्टिकको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन्। 
भारवाङमा मोटरेबल पुल निर्माण, स्थानीयलाई सहजता 
भारवाङमा मोटरेबल पुल निर्माण, स्थानीयलाई सहजता  पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत म्याग्दीको भारवाङघाटस्थित म्याग्दी नदीमा मोटरेबल पुल निर्माण भएको छ।
पोखरालाई यसरी बनाइँदैछ हरित शहर
पोखरालाई यसरी बनाइँदैछ हरित शहर पोखरालाई हरित शहरका रूपमा विकास गरिने भएको छ। पोखरा महानगरपालिकालाई स्वच्छ शहरः हरित शहरको रूपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तयारका लागि गठन गरिएको कार्यदलले अध्ययन प्रतिवेदन महानगरपालिकालाई बुझाएको छ। 
बाढीको उच्च जोखिममा झापा, विपद् व्यवस्थापनको तयारी तीव्र
बाढीको उच्च जोखिममा झापा, विपद् व्यवस्थापनको तयारी तीव्र जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेको पाइएको छ। यस वर्षको मनसुन भित्रिनै लाग्दै जिल्लामा बाढीको जोखिम बढेको पूर्वानुमान गरिएसँगै विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेकोे जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ। 
अरुण तेस्रो मुख्य सुरुङको ‘ब्रेक थ्रु’ आज
अरुण तेस्रो मुख्य सुरुङको ‘ब्रेक थ्रु’ आज सङ्खुवासभामा निर्माणाधीन नौसय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ आज हुने भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गर्ने छन्। अरुण तेस्रो जलविद्युत आयोजनाको काम हालसम्म ७० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजनाको निर्माणकार्य भारतीय सतलज कम्पनी (एसजेबीएन)ले गरिरहेको छ।
पाँच कक्षापछि थप पढ्न पाउँदैनन् निसेलढोरका बालबालिका
पाँच कक्षापछि थप पढ्न पाउँदैनन् निसेलढोरका बालबालिका बागलुङको निसेलढोर गाउँ पुग्दा सम्झना विश्वकर्मा छोराको हेरचाहमा व्यस्त थिइन्। उमेरले १९ वर्ष मात्र भएकी विश्वकर्माले कक्षा ६ मै पढाइलाई विश्राम दिइन्। उनको पढ्ने रहन नभएर होइन गाउँमा विद्यालय नहुँदा पढाइ छोडेर बिहे गर्नुपर्ने बाध्यता आइलाग्यो। 
रेडिओ जनताको स्टेसन म्यानेजरमा खड्का 
रेडिओ जनताको स्टेसन म्यानेजरमा खड्का  रेडिओ जनताको स्टेसन म्यानेजरमा सागर खड्का नियुक्त भएका छन्। ओखलढुङगाको लिखु गाउँपालिका–९ पोकलीका खड्का गत जेठ १ गतेबाट रेडिओ जनताको स्टेसन म्यानेजर पदमा नियुक्त भएका हुन्। 
अध्यागमनका कर्मचारीलाई किन गरियो छुट्टै पोसाकको व्यवस्था? 
अध्यागमनका कर्मचारीलाई किन गरियो छुट्टै पोसाकको व्यवस्था?  अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ। यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो।
गुल्मीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, सात घाइते
गुल्मीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, सात घाइते गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो।उक्त दुर्घटनामा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
चितवनमा हावाहुरीले केरा खेतीमा ठूलो क्षति 
चितवनमा हावाहुरीले केरा खेतीमा ठूलो क्षति  जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ। चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो।
Weather Update